बिहि, मंसिर ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सभापतिको राजीनामा समस्या समाधान होइन : सहमहामन्त्री डिला

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
0
सभापतिको राजीनामा समस्या समाधान होइन : सहमहामन्त्री डिला
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौला पन्तले पार्टी सभापति गगनकुमार थापाको राजीनामा समस्या समाधान नभएको बताएकी छिन् । हालै भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले आशा गरे अनुरुपको नतिजा हासिल गर्न नसक्नुमा सभापति थापाको मात्रै दोष नभएको प्रष्ट पारिन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आइतबार धारणा राख्दै सहमहामन्त्री संग्रौलाले ३५ वर्षसम्म देशको र लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको पार्टी खुम्चिनुको कारणबारे भने समीक्षा गर्न जरुरी रहेको बताइन् ।

अहिलेको समस्या समाधान गर्दै नियमित महाधिवेशनबाट पार्टीलाई फेरि एकजुट बनाउनु पर्नेमा जोड दिइन् । उनले भनिन् ‘हामी जुन परिस्थतिमा विशेष महाधिवेशन गरेर सभापतिमा थापालाई ल्याएका थियौं, त्यसको सन्देश जनतासम्म पुग्न सकेन । अब हामीले फेरि प्रयास गरेर आउँदो प्रदेश र स्थानीय तहको निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाउने गरी लाग्नुपर्छ ।’

५० दिनमै कसैको कार्यक्षमताको मूल्यांकन नहुने बताउँदै सहमहामन्त्री संगौलाले ३५ वर्षदेखि थुप्रिएको असन्तोषको विष्फोट यस पटकको चुनावमा भएको उल्लेख गरिन् ।

कांग्रेसले पटक पटक सत्ताको नेतृत्व गर्दा डेलिभरी दिन नसकेकै कारण जनताले मत बदलेको उल्लेख गर्दै अब पनि नसच्चिने हो भने आउँदो निर्वाचनमा मन र मत दुवै बदल्ने बताइन् । त्यसलाई रोक्न र जनताको भरोषायोग्य पार्टी बनाउनका लागि नेपाली कांग्रेसले अब सदनमा सशक्त प्रतिपक्षको भूमिका खेल्नुपर्नेमा जोड दिइन् ।

उनले अगाडि भनिन् ‘कांग्रेस अब ५ वर्ष सत्ताको खेलमा नभएकाले जनताका मुद्दा महँगी, बेरोजगारी, सुशासनका सवालमा सदनमा सशक्त प्रतिपक्ष भएर उभिनुपर्छ भने आवश्यकताका आधारमा सडक पनि तताउन जरुरी छ ।’

अब हुने नियमित महाधिवेशनमार्फत विज्ञ र समाजमा प्रभाव राख्ने व्यक्तित्वहरूलाई सिधै पार्टीको नीतिगत तहमा प्रवेश गराउने बाटो खोल्नुपर्नेमा जोड दिँदै  ‘चेक एण्ड ब्यालेन्स’ गर्न भने जरुरी रहेको उल्लेख गरिन् ।

‘हामीलाई अब दायाँवायाँ गर्ने कुनै पनि छुट छैन । अहिले सभापतिले राजीनामा दिएर भाग्ने होइन, मुलुकसामु आउने नयाँ चुनौतीहरु हामीहरुकै अहिलेको नेतृत्वले समाधान गरेर अघि बढ्ने हो । सत्ता भनेको आउँछ जान्छ तर हामीले नयाँ तरिकाले जनतामा भरोषा दिलाएर फेरि उठ्ने संकल्प गर्न जरुरी छ । हामीमा पनि केही कमीकमजोरीहरु होलान्, त्यसलाई समिक्षा गरेर समाधान गर्दै अघि बढ्नु नै आजको आवश्यकता हो । त्यसैले गगन थापाजीले सभापति पदबाट दिएको राजीनामा अस्वीकृत गर्नुपर्छ ।’ सहमहामन्त्री संगौलाको भनाइ छ ।

बैठकमा उनले नेतृत्वको रूपान्तरण र पुस्तान्तरणको सुनिश्चितता, संगठनको आमूल पुनर्संरचना र डिजिटल कनेक्टिभिटी लगायत आगामी कार्यदिशाका लागि ७ बुँदे प्रस्तावहरू पनि पेश गरेकी छिन् । सो अवसरमा उनले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका दौरान कोशी, मधेश र बागमति प्रदेशका २८ जिल्लाका विभिन्न क्षेत्रमा गरेको अनुगमनको प्रतिवेदन पनि उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मालाई ज्ञापनपत्र हस्तान्तरण गरेकी थिइन् ।

यो पनि पढ्नुहोस्

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

१५ घण्टा अगाडि
दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक