बिहि, मंसिर ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालीले बनाएकाे ल बसम एप सार्वजनिक 

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
Reading Time: 1 min read
0
नेपालीले बनाएकाे ल बसम एप सार्वजनिक 
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली युवाहरूको पहल, सीप र स्वदेशी लगानीमा तयार पारिएको नयाँ राइड–सेयरिङ एप ‘ल बसम’ (La Basam) औपचारिक रूपमा सञ्चालनमा आएको छ । ‘हामी सबै सँगै बसौं र यात्रा गरौं’ भन्ने मूल नारासहित सुरु गरिएको यो प्लेटफर्मले नेपालमै विकसित प्रविधिको प्रयोगमार्फत आत्मनिर्भरतातर्फको नयाँ संकेत दिएको छ ।

कम्पनीले आइतबार पत्रकार सम्मेलन गर्दै राइड–सेयरिङ एप सार्वजनिक गरेको हो ।

काठमाडौंको तारकेश्वर– ८, शेषमतिमा कार्यालय रहेको ‘ल बसम’ हाल काठमाडौं उपत्यकामा मात्र सेवा सुरु गरेको छ । छिट्टै पोखरा, बुटवल, विराटनगर र चितवन जस्ता प्रमुख सहरहरूमा सेवा विस्तार गर्ने लक्ष्य राखेको छ । साथै, निकट भविष्यमा फुड डेलिभरी सेवा समेत सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

सुरुआती चरणमा राइड सेयरिङका चालकहरुलाई कुनै सेवा शुल्क नलाग्ने गरी प्रयोग गर्न छुट दिइएको कम्पनीले जनाएको छ ।

स्वदेशी विकल्पको उदय

कम्पनीका सञ्चालकहरूले सुरुवाती चरणमा विदेशी राइड–सेयरिङ एपहरूको आवश्यकता रहेता पनि अब स्वदेशी प्लेटफर्म सञ्चालनमा आउनु महत्वपूर्ण उपलब्धि भएको जनाए । कम्पनीका सञ्चालक विष्णुराज गिरीले सबै सुविधासहितको नेपाली राइड सेयरिङ आइसकेकाले अब अन्य राइड सेयरिङतिर झुकाव राखिरहनु नपर्ने बताए । उनले विदेशी एपमार्फत ठूलो नेपाली रकम बाहिरिएको र त्यसले अर्थतन्त्रमा असर पारेको उल्लेख गर्दै ‘ल बसम’ ले त्यसलाई न्यूनीकरण गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।

कम्पनी सञ्चालकहरुको भनाइमा, ‘ल बसम’ केवल सेवा होइन, नेपाली प्रविधि, सीप र श्रमलाई एकीकृत गर्दै देशभित्रै आर्थिक मूल्य सिर्जना गर्ने अभियान हो ।

कम्पनीका अनुसार प्लेटफर्मको मुख्य लक्ष्य नेपालको यातायात प्रणालीलाई सुरक्षित, मर्यादित र प्रविधिमैत्री बनाउनु हो । पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै प्रयोगकर्तामा विश्वास निर्माण गर्ने रणनीति अपनाइएको कम्पनीले जनाएको छ ।

सुरुमा काठमाडौं उपत्यकामा सुरुआत गरिएको ‘ल बसम’ राइड सेयरिङ देशका अन्य मुख्य शहरहरुमा पनि विस्तार गर्ने योजना बनाइएको कम्पनीका अर्का सञ्चालक सिताराम अधिकारीले जानकारी दिए । उनले भने, ‘तत्कालका लागि ल बसम राइड सेयरिङ हामीले काठमाडौँ उपत्यकामा सेवा सुरु गरेका छौं । छिट्टै पोखरा, बुटवल, विराटनगर र चितवन जस्ता प्रमुख सहरहरूमा पनि सेवा विस्तार गर्ने लक्ष्य राखेका छौं ।’ कम्पनीले निकट भविष्यमा फुड डेलिभरी सेवा समेत सञ्चालनमा ल्याउने तयारी गरेको सञ्चालक अधिकारीले बताए ।

उनका अनुसार हाल २५० भन्दा बढी चालकहरु जोडिएका छन् । यो एप प्लेस्टोर र एपस्टोर दुवैमा उपलब्ध रहेको छ ।

महिला यात्रीका लागि ‘पिंक मोड’

‘ल बसम’ ले चालकलाई केवल ड्राइभर नभई साझेदार को रूपमा लिने अवधारणा अघि सारेको छ । कम्पनीका अनुसार चालकहरूको सम्मान र उचित अवसर सुनिश्चित गरिनेछ । त्यस्तै, यात्रुहरूलाई पनि ग्राहक मात्र नभई समुदायका सदस्यका रूपमा लिइनेछ । कम्पनीले चालक र यात्रुलाई प्लेटफर्मका ‘अभिभावक’ वा ‘परिवार’ को रूपमा परिभाषित गरेको छ ।

महिला यात्रीहरूको सुरक्षालाई मध्यनजर गर्दै ‘पिंक मोड’ फिचर ल्याइएको छ, जसअन्तर्गत महिला यात्रीले महिला चालक नै छनोट गर्न सक्नेछन् । यसले महिला सशक्तीकरण र रोजगारीमा समेत टेवा पुर्‍याउने कम्पनीको विश्वास छ

यात्री र चालक दुवैका लागि दुर्घटना बीमाको व्यवस्था गरिएको छ । यात्रुले राइड बुक गर्नुअघि नै अनुमानित भाडा देख्न पाउनेछन् । साथै, यात्रुले आफ्नो बजेटअनुसार भाडा प्रस्ताव गर्न सक्ने र चालकले त्यसलाई स्वीकार वा अस्वीकार गर्न सक्ने सुविधा पनि रहेको छ ।

प्रत्येक यात्रापछि यात्री र चालक दुवैले डिजिटल कुपन प्राप्त गर्नेछन् । पछि लक्की ड्रमार्फत नगद, स्मार्टफोन र अन्य ग्याजेटहरू जित्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले सुरक्षाका लागि प्रत्येक चालकको प्रमाणीकरणका लागि लाइसेन्स, ब्लु बुक र सवारीसाधनको फोटो अनिवार्य गरेको छ । रियल–टाइम लाइभ ट्रयाकिङ र आपतकालीन अवस्थाका लागि एसओएस बटनको व्यवस्था गरेको जनाएको छ ।

यो पनि पढ्नुहोस्

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

१५ घण्टा अगाडि
दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक