मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चलचित्र ‘बा : एक योद्धा’को छायांकन सुरु, पशुपतिनाथमा गरियो शुभ मुहूर्त

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
चलचित्र ‘बा : एक योद्धा’को छायांकन सुरु, पशुपतिनाथमा गरियो शुभ मुहूर्त
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली संगीत क्षेत्रमा स्थापित नाम हरि लम्साल अब चलचित्र निर्देशनमा पनि देखिने भएका छन् । उनकै लेखन तथा निर्देशनमा तयार हुन लागेको नयाँ नेपाली चलचित्र ‘बा : एक योद्धा’ को सोमबारबाट औपचारिक रूपमा छायांकन सुरु गरिएको छ ।

काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा चलचित्रको निर्माण पक्षको उपस्थितिमा धार्मिक विधिपूर्वक पूजाआजा गर्दै निर्माण कार्यको थालनि गरिएको हो ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रले नेपाली समाजको एउटा मार्मिक पक्षलाई उजागर गर्ने लक्ष्य राखेको छ ।

विगत लामो समयदेखि गायक र संगीतकारको रूपमा दर्जनौँ चर्चित गीतहरू नेपाली श्रोतामाझ पस्किसकेका हरि लम्सालले यसै चलचित्रमार्फत निर्देशकको रूपमा डेब्यु गर्दैछन् । चलचित्रको कथा र पटकथा पनि स्वयं लम्सालले नै तयार पारेका हुन् । संगीतमा आफ्नो छुट्टै पहिचान बनाइसकेका लम्सालको निर्देशकीय क्षमता कस्तो रहनेछ भन्नेमा कौतुहलता र चासो रहने भएको छ ।

चलचित्रको शीर्षक र सार्वजनिक गरिएको पोस्टरको ‘थिम’ ले यो एक शुद्ध सामाजिक कथाबस्तु हुने संकेत गर्छ । नेपाली परिवारमा बुवाको महत्त्व, उनले सन्तानको भविष्यका लागि गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरूलाई एउटा ‘योद्धा’को रूपमा चित्रण गर्न खोजिएको बुझिन्छ । विशेषगरी ग्रामीण तथा सहरी समाजमा एउटा बाबुले आफ्नो काँधमा बोक्ने जिम्मेवारीको कथालाई यो चलचित्रले पर्दामा उतार्नेछ ।

यो सिनेमामा स्थापित र अनुभवी सिनेमेटोग्राफर शिवराम श्रेष्ठको छायाकंन रहने छ । श्रेष्ठले यसअघि चर्चाको शिखरमा रहेका र व्यापारिक रूपमा ब्लकबस्टर सावित भएका चलचित्रहरू ‘पूर्ण बहादुरको सारङ्गी’, ‘बोक्सीको घर’ र ‘परान’ जस्ता सिनेमाहरू खिचेर आफ्नो कौशल प्रदर्शन गरिसकेका छन् । उनको छायांकन रहने भएकाले पनि चलचित्र ‘बा : एक योद्धा’ भिजुअलका हिसाबले उत्कृष्ट हुने अपेक्षा गरिएको छ ।

यस चलचित्रका निर्माता वसन्त लम्साल हुन् । गायक तथा सर्जक समेत रहेका लम्सालले यस अघि अभिनेता विपिन कार्कीलाई लिएर चलचित्र ‘कर्मा निर्माण गरेका थिए ।

चलचित्रको मुख्य सहायक निर्देशकमा तारा नाथ न्यौपाने रहेका छन् ।

निर्माण पक्षले चलचित्रको छायांकन सुरु गरिसके तापनि मुख्य भूमिकामा रहने कलाकारहरूको नाम भने अहिलेसम्म गोप्य नै राखेको छ । ‘सप्राइज’ दिने उद्देश्यले कलाकारहरूको नाम सार्वजनिक नगरिएको निर्माण टोलीको भनाइ छ ।

आर्टिस्टिक इन्टरटेनमेन्टले यसअघि पनि स्तरीय प्रोजेक्टहरूमा काम गर्दै आएकाले यस चलचित्रबाट दर्शकलाई एक भावनात्मक र सामाजिक विषयवस्तुमा आधारित सोशल ड्रामा युक्त मनोरञ्जनात्मक सिनेमा दिने अपेक्षा राखेको छ । निर्माण पक्षका अनुसार छायांकनको सम्पूर्ण कार्य सकिएपछि मात्र चलचित्रको प्रदर्शन मिति तोकिनेछ ।

यो पनि पढ्नुहोस्

‘रोल नं १’लाई विद्यालय र विद्यार्थीको साथ

‘रोल नं १’लाई विद्यालय र विद्यार्थीको साथ

१० घण्टा अगाडि
सर्वात्कृष्ट कन्टेन्ट क्रिएटरहरू पुरस्कृत

सर्वात्कृष्ट कन्टेन्ट क्रिएटरहरू पुरस्कृत

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संस्कृति बन्न सकेन रक्तदान

अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग

नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

स्नातक प्रवेश तयारी अब अनलाइनमै

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक