परासी । पश्चिम नवलपरासीमा नेपाल सशस्त्र प्रहरी बल नेपालद्वारा ठूलो परिणाममा प्रतिबन्धित लागुऔषध बेवारिसे अवस्थामा बरामद गरेको छ । पालिनन्दन गाउँपालिका–५, भगतपुरा सीमा क्षेत्रमा प्रतिबन्धित लागूऔषध बरामद गरेका हुन ।
बरामद प्रतिबन्धित लागुऔषध Phenergan, Buprenorphine तथा Diazepam रहेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हरपूरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले पालिनन्दन गाउँपालिका–५, भगतपुरा नजिकै सीमा क्षेत्रमा लुकाई राखिएको ठूलो मात्रामा प्रतिबन्धित लागूऔषध बरामद गरेको गुल्मपति(डीएसपी) प्रमोद खड्काले नवलपुर टुडेलाई जानकारी दिनुभयो ।
उक्त अपरेशनको नेतृत्व सशस्त्र प्रहरी नायब निरीक्षक (SI) माधव घिमिरेले गर्नुभएको थियो। नियमित गस्ती तथा विशेष सूचनाको आधारमा गरिएको खोजतलासका क्रममा करिब ५ हजार १०० भन्दा बढी प्रतिबन्धित लागुऔषध नियन्त्रणमा लिएको हो ।
सो लागुऔषध कसको हो भन्नेबारे थप अनुसन्धान गरिरहेको खड्काले बताउनुभयो ।


