शुक्र, साउन १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

सफा अनुहारमा कलंकको कालो टीका !

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
0
लोकतन्त्रमा दलका नेता, सांसद र सभामुखको भूमिका !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार कुनै परम्परागत शक्ति सन्तुलनको उपज होइन, बरु जनस्तरमा उठेको असन्तुष्टि र परिवर्तनको मागको परिणाम हो । विशेषतः जेनजी पुस्ताले अघि सारेको आन्दोलनले नातावाद, कृपावाद र पुरानो राजनीतिक संस्कारविरुद्ध सशक्त आवाज उठाएको थियो । त्यही आन्दोलनको बलमा सत्तामा पुगेकी प्रधानमन्त्री सुशीला कार्कीबाट अपेक्षा पनि त्यही अनुसार उच्च थियो, पारदर्शी, निष्पक्ष र मेरिटमा आधारित शासन ।
तर, कार्यकालको अन्त्यतिर सरकारले गरेका दुई निर्णय, प्रधानमन्त्री कार्कीको स्वकीय सचिव आदर्श श्रेष्ठलाई प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्ति र गृहमन्त्री रहेका ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनयनले ती अपेक्षामाथि गम्भीर धक्का दिएको छ । जेनजी आन्दोलनले जसको विरुद्ध आवाज उठाएको थियो, यिनै निर्णयहरूले त्यही नातावाद र कृपावादलाई पुनर्जीवित गरेको अनुभूति गराएको छ । प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठलाई महत्वपूर्ण संस्थाको नेतृत्वमा ल्याउने निर्णयले नजिकका व्यक्तिलाई अवसर दिने पुरानो प्रवृत्ति कायमै रहेको संकेत गर्छ । यो केवल एउटा नियुक्तिको प्रश्न होइन, यो शासनशैलीको प्रतिबिम्ब हो । जब आन्दोलनमार्फत परिवर्तनको नारा बोकेर आएको नेतृत्वले नै त्यही अभ्यास दोहो¥याउँछ, त्यसले आन्दोलनको मर्ममाथि नै कुठाराघात गर्दछ ।
त्यसैगरी, राष्ट्रिय सभा सदस्यमा ओमप्रकाश अर्यालको मनोनयनले पनि योग्यता, समावेशिता र स्वतन्त्र प्रतिनिधित्वको अपेक्षालाई कमजोर बनाएको छ । जेनजी आन्दोलनले राज्यका संरचनामा नयाँ अनुहार, नयाँ सोच र विविधताको प्रतिनिधित्व खोजेको थियो । तर, यस निर्णयले राजनीतिक समीकरण मिलाउने पुरानै शैली दोहोरिएको सन्देश दिएको छ । विडम्बना के छ भने यही सरकार शान्तिपूर्ण र व्यवस्थित निर्वाचन सम्पन्न गराएर प्रशंसा बटुल्न सफल भएको थियो । लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने दिशामा त्यो एउटा उल्लेखनीय उपलब्धि थियो । तर, जेनजी आन्दोलनको मूल एजेन्डा नैतिकता, पारदर्शिता र उत्तरदायित्वलाई बेवास्ता गर्दै गरिएका पछिल्ला निर्णयहरूले त्यो उपलब्धिलाई ओझेलमा पारेको छ ।
राजनीतिक रूपमा हेर्दा जेनजी आन्दोलन केवल सरकार परिवर्तनको माध्यम थिएन, त्यो शासनशैली परिवर्तनको माग थियो । नागरिकहरूले केवल नयाँ अनुहार होइन, नयाँ व्यवहार अपेक्षा गरेका थिए । तर, जब त्यही आन्दोलनको जगमा बनेको सरकारले अन्तिम घडीमा पुरानै अभ्यास दोहो¥याउँछ, तब जनआक्रोश झन् गहिरिन सक्छ । अहिलेको सन्दर्भमा प्रधानमन्त्री कार्कीले यी निर्णय पुनरावलोकन गर्नु मात्र पर्याप्त हुँदैन, उनले सार्वजनिक रूपमा स्पष्ट सन्देश दिनुपर्नेछ कि सरकार अझै पनि जेनजी आन्दोलनका मूल्यप्रति प्रतिबद्ध छ । अन्ततः, जेनजी आन्दोलनले उठाएको प्रश्न अझै जीवित छ, के नेपालमा वास्तवमै नातावाद र कृपावाद अन्त्य हुनेछ ? वर्तमान सरकारका यी विवादास्पद निर्णयहरूले त्यो प्रश्नलाई झन् पेचिलो बनाएको छ । यदि समयमै सच्याउने प्रयास भएन भने, यसले केवल एउटा सरकारको छवि होइन, परिवर्तनको आशा बोकेको जेनजी आन्दोलनमाथि कालोधब्बा लगाउनेछ । प्रधानमन्त्रीको अनुहारमा कलंकको कालो टीका साबित हुनेछ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश

साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश

११ घण्टा अगाडि
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ खरिद-बिक्रि?

आज सुनको मूल्य बढ्याे

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत

आज सुनको मूल्य बढ्याे

शान्तिश्री परियारको स्वरमा तीज गीत ‘केटी पार्टी’ सार्वजनिक

टी-२० विश्वकपका लागि सिधै ग्लोबल छनोट खेल्ने

साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक