बिहि, भदौ ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ट्रम्प र तेहरानबीच ‘अत्यन्त मैत्रीपूर्ण वार्ता’

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
Reading Time: 1 min read
0
ट्रम्प र तेहरानबीच ‘अत्यन्त मैत्रीपूर्ण वार्ता’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र तेहरानबीच ‘अत्यन्त मैत्रीपूर्ण वार्ता’ भइरहेको जनाएका छन्।

यद्यपि, उनले यो वार्तालाई लामो समयसम्म लम्ब्याउने पक्षमा आफू नरहेको स्पष्ट पारेका छन् । उता इरानले भने अमेरिका युद्धबाट बाहिरिने बाटो खोज्न सङ्घर्ष गरिरहेको टिप्पणी गरेको छ ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु वासिङ्टन, डीसी पुगेका छन् । ट्रम्पसँग हुने उनको भेटमा इरानविरुद्धको युद्ध मुख्य एजेन्डा बन्ने अपेक्षा गरिएको छ ।

टर्कीलाई एफ-३५ लडाकु विमान बिक्री गर्ने विषयमा सोधिएको प्रश्नमा ट्रम्पले टर्कीका राष्ट्रपति रेसेप तयिप एर्दोगानसँगको आफ्नो सम्बन्धलाई जोड्दै प्रतिक्रिया दिएका छन् ।

नेतान्याहुले भने टर्कीलाई लडाकु विमान बेच्ने कदमको विरोध गर्दै आएका छन् ।

गत शुक्रबारदेखि अमेरिकाले इरानमाथि गरिरहेको हवाई आक्रमण स्थगित गरेको छ । ट्रम्पले मिसिगनमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै तेहरानसँग सकारात्मक वार्ता भइरहेको जानकारी दिएका हुन् ।

‘एयर फोर्स वान’ विमानमा पत्रकारसँग कुरा गर्दै उनले भने, “केही सकारात्मक परिणाम आउने राम्रो सम्भावना छ । यदि भयो भने राम्रो, भएन भने हामी दुई दिनअघि जे गरिरहेका थियौँ, त्यही स्थितिमा फर्किनेछौँ ।”

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले अमेरिकासँग प्रत्यक्ष वार्ता नभएको दाबी गरेका छन् । उनले भनेका छन्, “क्षेत्रीय घटनाक्रमलाई लिएर मध्यस्थकर्ताले अमेरिकी पक्षका सन्देश हामीसम्म पुर्‍याइरहेका हुन सक्छन् ।” उनले राष्ट्रिय हितको रक्षाका लागि इरानले कूटनीतिको प्रयोग जारी राख्ने र रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलडमरूमध्य अझै बन्द नै रहेको जानकारी दिए ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी ‘एसोसिएटेड प्रेस’का अनुसार कतार र पाकिस्तानको नेतृत्वमा मध्यस्थकर्ताले वासिङ्टन र तेहरानबीचको मतभेद अन्त्य गरी दुवै पक्षलाई पुनः मध्यकालीन युद्धविराम सम्झौतामा फर्काउन प्रयास गरिरहेका छन् ।

यो पनि पढ्नुहोस्

रुससँगको सम्बन्धको भविष्यप्रति आशावादी

रुससँगको सम्बन्धको भविष्यप्रति आशावादी

४ दिन अगाडि
ड्रोन कार्यदल ‘फाल्कन स्ट्राइक’ गठन गर्ने योजना सार्वजनिक

ड्रोन कार्यदल ‘फाल्कन स्ट्राइक’ गठन गर्ने योजना सार्वजनिक

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘द राइज अफ साम्राज्य’मा विजयको प्रवेश

सुकेधारा स्थित ’एजिङ होम’मा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न

नेपाली नागरिकको आवागमनलाई सहज बनाउनु राज्यको दायित्व

सापसको ५५ औँ वार्षिकोत्सवमा पाँच सर्जकहरू अभिनन्दित

सत्ता पक्षीय सांसदहरूको भूमिकाप्रति टिप्पणी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक