काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई, लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा माफी मागेका छन्।
पार्टीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई बुधबार सम्बोधन गर्ने क्रममा सभापति लामिछानेले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई=लिम्बु प्रतिनिधित्व नगराएकामा क्षमायाचना गरेका हुन्।
उनले सांसदहरूलाई सम्बोधन गर्दै भने- ‘म दुखका साथ क्षमायाचना गर्दै भन्छु, हाम्रो पार्टीभित्र राई लिम्बू समुदायको प्रतिनिधित्व यसपटक प्रतिनिधिसभामा हुन सकेन, म सभापतिको हैसियतमा क्षमा माग्दै भन्छु, आगामी दिनमा समावेशीताको यो महत्त्वपूर्ण कडीलाई प्राथमिकताका साथ अघि राख्नेछु ।’


