काठमाडौं । साहित्यकार एवम कलाकार नरेनमान मर्हजनको भक्तिरसमा आधारित जय भैरब म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
कीर्तिपुर नगरप्रमुखको प्रमुख आतिथ्यत्यतामा गत शुक्रबार कीर्तिपुर वडा नं १ को प्रजादबूमा म्यूजिक भिडियो बनाउनमा सहयोग गर्नेहरूलाइ सम्मान गरिएको थियो ।
कलाकारहरूमा वरिष्ठ नायिका हिसिला महर्जन, वरिष्ठ नायिका अर्नेश्वरी शिल्पकार, वरिष्ठ कलाकार श्यामसुन्दर शिल्पकारहरूको प्रमुख अभिनय रहेको थियो ।
म्यूजिक भिडियोका गीतकार, रचनाकार, अवधारणा र पटकथा नरेनमन ९नरेनमान० हुन् । गायकहरूमा नरेनमन ९नरेनमान० कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोल, दिपा महर्जन, रत्न शोभा महर्जन, रानीशोभा महर्जन सरोजकुमार महर्जन रहेका छन् । साथै संगीत संयोजकहरू जीवित महर्जन रेकर्डिस्ट, मिक्सिङ र मास्टरिङ सुरेन्द्र श्रेष्ठ, सुर मेलोडी स्टुडियो गरेको थियो ।
सो म्यूजिक भिडियो बनाउनका लागि आर्थिक सहयोग गर्नेहरू, कलाकारहरु तथा गुँदे दापाः खलः, ध्यो ध्वाखाः दापा खलः, मानत्वाः आखा खलः तथा तुंझ्वः दबूझ्वः आखः खलःका सदस्यहरूलाई खाँडा ओढाएर सम्मान गरिएको थियो ।


