काठमाडौं । मोरङ, सुनवर्षी नगरपालिका-८ सिक्टी टोल बस्ने सागिर मियाको घरमा विद्युत सर्ट भई आइतबार राति लागेको आगो फैलिएर छिमेकी गुल्सन मियाको घर, मुझाईर मिया र बिलातुन खातुनको संयुक्त रूपमा बस्दै आएको घरमा समेत आगलागी हुँदा चारै जनाको गरी करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
धादिङ, रूबिभ्याली गाउँपालिका-३ सेर्तुङ च्यापटोल बस्ने च्याङ्बा तामाङ समेत ३ जनाको घरमा आइतबार दिउँसो आगलागी हुँदा तीनै जनाको घर पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन् ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


