मङ्ल, बैशाख १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

तत्काल इराक छाड्न अमेरिकी दूतावासकाे अपिल

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
तत्काल इराक छाड्न अमेरिकी दूतावासकाे अपिल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त क्षेत्रका १४ वटा देश छाड्न अपिल गरेको छ।

यसअघि बग्दादस्थित अमेरिकी दूतावासमा क्षेप्यास्त्र खसेको घटनापछि शनिबार अमेरिकाले आफ्ना नागरिकलाई इराक छाड्न भनेको थियो। अमेरिकी दूतावासले चेतावनी दिँदै नागरिकहरूलाई ‘तत्काल इराक छाड्न’ भनेको छ।

दूतावासले लेखेको छ, ‘इराकमै बस्ने निर्णय गरिरहेका अमेरिकी नागरिकहरूलाई इरान समर्थित आतंकवादी मिलिसिया समूहहरूबाट उत्पन्न गम्भीर खतरालाई मध्यनजर गर्दै आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरिन्छ।’ समाचार एजेन्सी रोयटर्सका अनुसार, अमेरिकाले शनिबार ओमानबाट गैर-आकस्मिक सरकारी कर्मचारी र उनीहरूका परिवारका सदस्यहरूलाई बाहिरिन आदेश दिएको जनाएको छ।

यसैबीच, स्विट्जरल्यान्डले आफ्नो हवाई क्षेत्रबाट अमेरिकी सेनालाई उडान भर्न दिने दुईवटा अनुरोधलाई खारेज गरिदिएको छ। स्विस सरकारले एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो। स्विट्जरल्यान्डले इरान युद्धलाई लिएर यस्तो निर्णय गरेको जनाएको छ। स्वीस सरकारले आफ्नो निर्णयको पछाडि देशको ‘तटस्थता कानुन’ लाई उद्धृत गरेको छ। विज्ञप्तिमा भनिएको छ- ‘यो कानुनले द्वन्द्वमा संलग्न पक्षहरूलाई हवाई क्षेत्रको प्रयोगको अनुमति दिनबाट रोक्छ, जसले उक्त द्वन्द्वसँग जोडिएको सैन्य उद्देश्य पूरा गर्दछ।’

यद्यपि, स्वीस सरकारले अन्य तीनवटा उडानलाई भने अनुमति दिएको जनाएको छ। तीमध्ये एउटा उडान मर्मतसम्भारका लागि र दुईवटा उडान ढुवानी सँग सम्बन्धित थिए।

 

यो पनि पढ्नुहोस्

इरानका बन्दरगाहहरूमा घेराबन्दी गर्ने ट्रम्पको योजना

इरानका बन्दरगाहहरूमा घेराबन्दी गर्ने ट्रम्पको योजना

३ घण्टा अगाडि
मध्य पूर्वमा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख

मध्य पूर्वमा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्रिय खो खो प्रतियोगितामा दुवै विधामा आर्मीको जित

मधेशवादी नेताहरुको नयाँ खेल सुरु

नेपाल र यूएईबीचको दुई टी-२०आई खेल फ्लडलाइटमा खेलिने

नयाँ गीत ‘जीवन रहरमै’ विमोचन

भौतिक मन्त्रीकाे सम्पत्ति विवरण सार्वजनिक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक