काठमाडाैं । अमर बहादर मालीकाे एकल रचना तथा संगीतमा बाैद्व जागरण समिति, कीर्तिपुरकाे प्रस्तुती ‘ज्ञानमाला संगीत सन्ध्या २०८२’ हुने भएकाे छ ।
यहि चैत्र २८ गते शनिबार कीर्तिपुर वडा नं. १० स्थित (मंगल उच्च मा.वि) सँगै रहेकाे के. एन. एस. किचेन एण्ड ब्यांक्वेटमा कार्यक्रम हुनेछ ।
कार्यक्रममा राष्ट्रिय ज्ञानमाला संघ नेपाल आबद्ध ज्ञानमाला भजन खलका संगीतकारहरू, कीर्तिपुर -चन्द्रागिरि-दक्षिणकाली उपसमितिले प्रस्तुति दिने आयोजक समिति बौद्ध जागरण समिति कीर्तिपुरले जानकारी गराएकाे छ ।
आयोजक समितिले शनिबार दिउँसो १२:३० बजे सुरु हुने ‘ज्ञानमाला संगीत सन्ध्या २०८२’ को कार्यक्रम हेर्नका लागि एक हजार टिकट टाेकिएकाे छ । कार्यक्रम पश्चात रात्रीभोजको समेत व्यवस्था गरिएकाे छ ।
गायक तथा संगीतकार अमरबहादुर माली ९८४१४५८३४३, बुद्ध महर्जन ९८५१२०४०९३, न्हुच्छे दर्शन ९८४३३३३७६४, काजिराम मालाकर ९८४१३६९२२० र सानु तण्डुकार ९८५१२७८०४१ लाई सम्पर्क गर्न सकिनेछ ।


