आइत, बैशाख २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home वाणिज्य मार्केट

नेप्से परिसूचकमा गिरावट

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । सेयर बजारमा नाफा बुकिङको दबाब बढेपछि नेप्से परिसूचकमा गिरावट देखिएको छ।

पछिल्ला दिनहरुमा बजार तीव्र रूपमा बढेपछि लगानीकर्ताले नाफा सुरक्षित गर्न सेयर बिक्री बढाउँदा बजार दबाबमा परेको हो। बजार घटेपनि लगानीकर्ताको सक्रियता भने उच्च नै रहेको छ । एकैदिन साढे २१ अर्ब बढीको कारोबार भएकाले लगानीकर्ताहरु बजार अझै बढ्ने अपेक्षामा सक्रिय रुपमा कारोबार गरिरहेको देखिएको छ। सोमबार लगातार बढेर तीनपटक सर्किट ब्रेक लागेको सेयर बजार मंगलबार स्थिर हुने क्रममा देखिएको छ। प्रतिनिधि सभा निर्वाचनपछि एक दलको सरकार बन्ने खबरले लगानीकर्तालाई उत्साहित बनाएको थियो।

सोही कारण सोमबार बजारको वृद्धि रोक्न सर्किट ब्रेकर लगाइएको थियो। सो दिन करिब चार मिनेट कारोबार हुँदा नेप्से ६ प्रतिशत (१६२ अंक)ले बढेको थियो। मंगलबार भने बजारमा करिब एक सय अंकको स्विङ देखियो। बजार खुलेको केही समय २,९११ बिन्दुमा रहेको नेप्से केही समयमै घटेर २,७९६ बिन्दुसम्म पुग्यो। तर, कारोबार बन्द हुँदा सूचक ३२ अंकले बढेर २,८४३ बिन्दुमा सीमित भयो। मंगलबार कारोबार रकम करिब २१ अर्ब ५० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आठ महिनामा सबैभन्दा उच्च हो। यसअघि २०८२ साल साउन ११ गते २६ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। मंगलबार कुल ३२९ वटा धितोपत्रको ५ करोड २७ लाख ११ हजार ३५३ कित्ता सेयर किनबेच भएको छ। ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने १७८ कम्पनीको मूल्य घटेको छ। पाँच कम्पनीको मूल्य स्थिर रहेको छ। लगातार वृद्धि भएपछि बजारमा केही समय नाफा बुकिङ हुनु स्वाभाविक प्रक्रिया हो। यस्तो अवस्थामा सूचक केही घटे पनि बजारमा लगानीकर्ताको रुचि कायम रहँदा कारोबार रकम उच्च रहने गर्छ। विश्लेषकहरूका अनुसार चुनावपछि स्थिर सरकारको अपेक्षाले लगानीकर्तामा विश्वास बढेको छ ।

यसले बजारमा उच्च कारोबार रकम र तीव्र स्विङ दुवै देखाएको हो। रास्वपाले हालको संरचनालाई प्रतिस्पर्धाहीन भन्दै सरकारी स्वामित्वमा रहेका नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ लिमिटेड मा निजी क्षेत्रको सहभागिता बढाउने वा पुनर्संरचना गर्ने प्रस्ताव अघि सारेको छ। साधारण सेयर कारोबारभन्दा बाहिर ‘बण्ड, डेरिभेटिभ, फ्युचर्स र अप्सन’ जस्ता आधुनिक वित्तीय उपकरण भित्र्याउने प्रतिबद्धता रास्वपाले जनाएको छ। सेबोनलाई पूर्ण रूपमा राजनीतिक प्रभावमुक्त बनाउने, इनसाइडर ट्रेडिङ नियन्त्रणका लागि कडा कानुनी व्यवस्था गर्ने र आईपीओ निष्कासन प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्ने योजना पनि समेटिएको छ।

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

सेयर बजार करिब ३५ अंकले घट्याे

६ दिन अगाडि
नेपालमा स्मार्टफोनको आयातमा वृद्धि

नेपालमा स्मार्टफोनको आयातमा वृद्धि

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मैती शाेसियल रन ८३ सम्पन्न

रास्वपाको सचिवालय बैठक आज बस्दै

प्रधान न्यायाधीशको नियुक्तिप्रति जनमाेर्चाकाे आपत्ति

कानूनमन्त्रीले पदभार ग्रहणसँगै प्रतिवेदन बुझाइयो

सुकुम्बासीहरूलाई नागार्जुन अपार्टमेन्ट पूर्याइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक