काठमाडौं । अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीले प्राथमिक शेयर (आईपीओ) निष्कासनको तयारी अघि बढाएको छ। कम्पनीले आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको हो।
कम्पनीको सञ्चालक समितिको जेठ १५ गते बसेको बैठकले आगामी असार ८ गते बिहान ८ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ।
सभाबाट कम्पनीको आईपीओ निष्कासनसम्बन्धी विशेष प्रस्ताव पारित गरिनेछ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नियामक निकायबाट आवश्यक संशोधनको निर्देशन आएमा सोहीअनुसार कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।
यसैगरी, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन अनुमोदन गर्नुका साथै नगद लाभांश वितरणसम्बन्धी प्रस्ताव समेत पारित गर्ने कार्यक्रम रहेको कम्पनीले जनाएको छ।


