मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘नेवाः फ्लिक्स’ भाषा संरक्षणकाे विस्तार

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
‘नेवाः फ्लिक्स’ भाषा संरक्षणकाे विस्तार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपालभाषा चलचित्र, संगीत र सांस्कृतिक सामग्रीलाई डिजिटल माध्यममार्फत विश्वदर्शकमाझ पुर्‍याउने उद्देश्यसहित नेपालभाषाको  ओटिटी प्लेटफर्म ‘नेवाः फ्लिक्स’ सार्वजनिक गरिएको छ।

इलोहं इन्टरटेनमेन्टको आयोजनामा कीर्तिपुर सिनेप्लेक्समा घोषणा कार्यक्रममा प्रमुख अतिथिका रूपमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले विगतको सांस्कृतिक आन्दोलन सम्झँदै भने, ‘कुनै बेला हामी ‘पद्मरत्न यात त्याका दिसँ, प्रतिगामी तत्व यात बुका दिसँ’ भन्दै पम्प्लेट छाप्थ्यौं, भित्ते लेख्थ्यौं। त्यो भाषा जोगाउने संघर्षको समय थियो। अहिले संघर्षको रूप फेरिएको छ-अब डिजिटलमै भाषा जोगाउनुपर्छ।’

उनले प्रविधिसँग नजोडिएको भाषा र सिनेमा टिक्न नसक्ने उल्लेख गर्दै ‘नेवाः फ्लिक्स’ जस्ता प्लेटफर्म समयको आवश्यकता भएको जनाए।

‘आजको पुस्ता मोबाइलमै छ। हाम्रो सिनेमा र सामग्री पनि त्यहीँ पुग्नुपर्छ। अब नेपालभाषा सीमित घेराभित्र होइन, विश्व बजारमा पुग्नुपर्छ,’ उनले भने।

डीसीले नेपाल चलचित्र विकास बोर्डले पुराना क्लासिक कृतिहरू-‘सिलु’ र ‘राजमती’ लगायतको डिजिटलाइजेशनमा जोड दिइरहेको जानकारी गराए।

‘हामीले हाम्रा ऐतिहासिक फिल्म जोगाउनुपर्छ। डिजिटल आर्काइभ र ओटिटी प्लेटफर्म नै अब संरक्षण र प्रवद्र्धनको प्रभावकारी बाटो हो,’ उनले थपे।

उनले निजी क्षेत्रको यस्तो पहललाई बोर्डले सकारात्मक रूपमा लिएको उल्लेख गर्दै आवश्यक सहकार्यका लागि सधैं तयार रहेको प्रतिबद्धता व्यक्त गरे। ‘बाँच्नु मात्र ठूलो कुरा होइन, आफ्नो संस्कृति समयअनुसार रूपान्तरण गर्दै जोगाउनु ठूलो कुरा हो,’ उनको धारणा थियो।

इलोहं प्रकाशनका प्रबन्ध निर्देशक नरेशवीर शाक्यले २६ वर्षदेखि प्रकाशन क्षेत्रमा सक्रिय संस्थाले समयअनुसार प्रविधिसँग अघि बढ्ने निर्णय गर्दै ‘नेवाः फ्लिक्स’ सुरू गरेको जनाए।

सीओओ दर्शनवीर शाक्यका अनुसार दुई वर्षको मेहनतपछि प्लेटफर्म तयार भएको हो। इन्टरनेटमार्फत नेपालभाषाका सिनेमा, म्युजिक भिडियो तथा सांस्कृतिक सामग्री हेर्न सकिने जानकारी दिँदै उनले दर्शकको साथ र सहयोगको अपेक्षा गरे।

‘२०२२ सालतिर नेपालभाषामाथि बन्देज थियो, अहिले समय परिवर्तन भइसकेको छ। अब व्यावसायिक रूपमा सशक्त बन्ने बेला आएको छ,’ उनले भने।

कीर्तिपुर सिनेप्लेक्सका अध्यक्ष नरेन्द्र महर्जनले नेपालभाषा चलचित्र प्रदर्शनमा समस्या आए सहकार्य गर्न तयार रहेको बताए। वरिष्ठ फोटोग्राफर राजभाई सुवालले फिल्म प्रदर्शनको स्वरूप रीलबाट ओटिटीमा रूपान्तरण भएको उल्लेख गर्दै नेपालभाषा सिनेमा पनि नयाँ युगमा प्रवेश गरेको जनाए।

आयोजकका अनुसार ‘नेवाः फ्लिक्स’ ले सिनेमा हलसम्म पुग्न नसक्ने दर्शकलाई घरमै बसेर सामग्री हेर्ने अवसर दिनेछ। साथै नेपालभाषा चलचित्र, संस्कृति र सम्पदालाई डिजिटल माध्यममार्फत विश्वदर्शकमाझ पुर्‍याउने दीर्घकालीन लक्ष्य लिइएको छ।

नेपालभाषा सिनेमा अब डिजिटल युगमा प्रवेश गरेको संकेत गर्दै ‘नेवाः फ्लिक्स’ लाई भाषा संरक्षण र व्यावसायिक विस्तारको नयाँ अध्यायका रूपमा हेरिएको छ। साे कार्यक्रम इलोहं इन्टरटेनमेन्टकी अध्यक्ष प्रज्ञादेवी शाक्यको सभापतित्वमा सम्पन्न भएको थियो।

यो पनि पढ्नुहोस्

‘रोल नं १’लाई विद्यालय र विद्यार्थीको साथ

‘रोल नं १’लाई विद्यालय र विद्यार्थीको साथ

१२ घण्टा अगाडि
सर्वात्कृष्ट कन्टेन्ट क्रिएटरहरू पुरस्कृत

सर्वात्कृष्ट कन्टेन्ट क्रिएटरहरू पुरस्कृत

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संस्कृति बन्न सकेन रक्तदान

अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग

नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

स्नातक प्रवेश तयारी अब अनलाइनमै

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक