काठमाडौं, १४ फागुन काठमाडौं, गोकर्णेश्वर नगरपालिका-२ नाम्गेल बसपार्क नजिक सडकमा बा.११ च ४७३८ नम्बरको मिनि टाटाले बा. ८१ प ४५६ नम्बरको मोटरसाइकललाई बुधबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी हाईट बस्ने ३० वर्षीय पबन तामाङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले मिनि टाटा चालकलाई नियन्त्रणमा लिएको छ । चितवन, खैरहनी नगरपालिका-९ सिमलटाँडी चोकस्थित सडकमा बागमती प्रदेश ०१-००६ ख ५२१७ नम्बरको बसको ठक्करबाट धनुषा धनुषाधाम नगरपालिका-२ बस्ने ५२ वर्षीया सिकील देवी पूर्वेको गए राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले बस चालकलाई नियन्त्रण लिएको छ । सुनसरी, इटहरी उपमहानगरपालिका-१३ स्थित प्रगती टेक्सटायल अगाडि सडकमा प्रदेश १-०१-००१ च ७५०५ नम्बरको कारको ठक्करबाट पैदलयात्री सप्तरी छिन्नमस्ता गाउँपालिका-६ बस्ने ४७ वर्षीय गिरिजा नन्द शाहको बुधबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै उक्त कारले प्र.१-०२-००३ ह ४८९८ नम्बरको टेम्पोलाई समेत ठक्कर दिई दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका कार चालकको विराट नर्सिङ होम अस्पतालमा तथा टेम्पो चालक र टेम्पोमा सवार १ जनाको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-११ गुप्ता टोलस्थित सडकमा को.२५ प १४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक दुहबी नगरपालिका-५ बस्ने ३२ वर्षीय बिजय ऋषिदेवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सप्तकोशी न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै 3 दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । पाल्पा, रैनादेबी छहरा गाउँपालिका-१ भर्लेस्थित सडकमा लु.२ ख २००१ नम्बरको टिपर अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-३ भुवनपोखरी बस्ने ३४ वर्षीय खिम बहादुर सोमईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको हो ।
महोत्तरी, सोनमा गाउँपालिका-७ सुन्दरपुरस्थित सडकमा ज.१ त ६७३९ नम्बरको ट्याक्टरको ठक्करबाट सोही गाउँपालिका-५ खयरबनी बस्ने राम नन्दन यादवकी छोरी ६ वर्षीया अस्मिता कुमारी यादवको बुधबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जानकी एकेडेमीमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आश्यक अनुसन्धान गरिरहेको छ ।


