काठमाडाैं । ललितपुर जिल्लामा खाेना निवासी अभियानकर्मी अशोज कुमार महर्जन सम्मानित एक कार्यक्रमका बीच सम्मानित हुनु भएकाे छ ।
विगत लामो समयदेखि नेपाल सांस्कृतिक पुनर्जागरण अभियानमार्फत नेपाली भाषा, कला, संस्कृति तथा मौलिक परम्पराको संरक्षण र प्रवर्द्धनमा सक्रिय योगदान पुऱ्याउँदै आउनुभएका महर्जनलाई सम्मानित गरिएकाे हाे ।
नेपाल सांस्कृतिक पुनर्जागरण अभियानका अभियानकर्मीका रूपमा रहेर नेपाली समाजमा हराउँदै गइरहेका सांस्कृतिक मूल्य, परम्परा, जातीय सहिष्णुता, राष्ट्रिय पहिचान तथा ऐतिहासिक सम्पदाको संरक्षणका विषयमा जनचेतना अभिवृद्धि गर्ने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको छ । विभिन्न सांस्कृतिक कार्यक्रम, अन्तरक्रिया, अभियान, प्रशिक्षण तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी युवापुस्तालाई आफ्नो मौलिक पहिचानप्रति सचेत गराउने कार्यमा नेतृत्वदायी भूमिका प्रशंसनीय रहेको छ ।
विशेषगरी नेपाली मौलिकता जोगाउने, संस्कृतिको आधुनिकीकरणसँगै संरक्षण गर्ने तथा सामाजिक एकता सुदृढ बनाउने अभियानमा यहाँले देखाउनुभएको सक्रियता समाजका लागि प्रेरणादायी बनेको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको सांस्कृतिक गरिमा प्रस्तुत गर्दै सांस्कृतिक कूटनीतिमार्फत राष्ट्रको छवि उजागर गर्नुभएको योगदान उल्लेखनीय छ ।
सामाजिक उत्तरदायित्व, सांस्कृतिक चेतना र राष्ट्रप्रेमको भावनालाई आत्मसात् गर्दै निरन्तर क्रियाशील रहनुभएका तपाईं श्री अशोज कुमार महर्जन नेपाली सांस्कृतिक क्षेत्रका एक समर्पित अभियन्ता हुनुहुन्छ ।
नेपाली कला, संस्कृति तथा राष्ट्रिय पहिचानको संरक्षण र संवर्द्धनमा यहाँको विशिष्ट योगदानको उच्च मूल्याङ्कन गर्दै “स्पर्श म्युजिक भिडियो अवार्ड २०२६” को यस विशेष कार्यक्रममा यहाँलाई यो सम्मान पत्र प्रदान गर्दछौं । साथै, आगामी दिनहरूमा यहाँको यस क्षेत्रमा थप क्रियाशीलता, सुख, शान्ति एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।



