ललितपुर । नेपाल सांस्कृतिक पुनर्जागरण अभियानका अभियानकर्मी अशोज कुमार महर्जन ,ललितपुर क्षेत्र नम्बर -३ बाट प्रतिनिधी सभा सदस्य उम्मेदवारी दिनु भएकाे छ ।
अभियानकर्मी अशोज कुमार महर्जनका अनुसार नेपालीकाे पहिचान, बहु साँस्कृतिक समाज, सामाजिक सुधार, आर्थिक विकास र राजनीतिक शशक्तिकरणका लागि आफू उमेम्दवारी भएकाे जानकारी गराए । उनी ललितपुर लगाएत नेपाल उपत्यकामै भुमी तथा सांस्कृतिक अधिकारका लागि लडेका असोज कुमार महर्जन पनि ललितपुर ३ बाट टिकिझ्या: (आखिझ्याल) चुनाव चिन्ह लिएर स्वतन्त्र रूपमा चुनाव लडेका छन् ।
शिक्षक कृषि ब्यवसायमा आबर्द्व अभियानकर्मी खोना बुङ्ग दुर्तमार्गबाट हुने विस्थापन विरुद्धका एक प्रमुख अभियानकर्मी, गुठी आन्दोलनका एक प्रमुख अभियन्ता, नेपाल सांस्कृतिक पुर्नजगरन अभियानका संयोजक समेत हुन भएकाे राजनीति शास्त्रबाट स्नातकाेत्तर (एम. ए.) गर्नु भएका अहिले पिएचडीका तयारी समेत गरिरहनु भएकाे छ ।
उनले नेपालीका राष्ट्रिय स्वाधिनता सह अस्तित्व शान्ति र मौलिक संस्कृतिको लागि अभियान समेत संचालन गर्नु भएकाे छ । ललितपुरबासीको एक भोट केवल एक मत होइन, यो ललितपुरको पहिचान जोगाउने र देशलाई सही दिशामा डोर्याउने निर्णय हो।, मौलिकता र विकासको संगम बनाऔं। “परम्पराको सम्मान, आधुनिकताको सही मार्ग” चुनाव चिन्ह: आँखीझ्याल चुनाव चिन्हका साथ उम्मेदवारी उनले दिएकाे हाे ।


