आइत, कार्तिक ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ लागू

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
Reading Time: 1 min read
0
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सवारीसाधन प्रयोगलाई कानुनी दायराभित्र राख्न ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ लागू गरेको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन प्रचारप्रसार तथा मतदानको दिन सवारी सञ्चालनलाई मर्यादित, व्यवस्थापनयोग्य र नियन्त्रित बनाउन उक्त कार्यविधि जारी गरिएको हो। आयोगले निर्वाचन आयोग ऐन, २०७३ ले प्रदान गरेको अधिकार प्रयोग गरी सो व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको छ।

नयाँ प्रावधानले राजनीतिक दल, उम्मेदवार र उनीहरूका प्रतिनिधिले प्रचार अवधिमा तथा मतदानको दिन प्रयोग गर्ने सवारीसाधनको सङ्ख्या र प्रक्रियालाई स्पष्ट सीमाभित्र राखेको छ। कार्यविधिअनुसार प्रतिनिधि सभा सदस्यका उम्मेदवारले अधिकतम दुईवटा दुई पाङ्ग्रे, तीन पाङ्ग्रे वा हलुका चार पाङ्ग्रे सवारी मात्र प्रयोग गर्न पाउनेछन्। जहाँ मोटर चल्ने सवारी सञ्चालन सम्भव छैन, त्यस्ता क्षेत्रमा एक उम्मेदवारले बढीमा चारवटा घोडा प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ।

सवारी प्रयोग गर्नुअघि सम्बन्धित निर्वाचन अधिकृतबाट अनिवार्य स्वीकृति लिनुपर्ने प्रावधान राखिएको छ। तोकिएको ढाँचामा निवेदन पेश गरी अनुमति प्राप्त नगरी निर्वाचन प्रयोजनका लागि सवारी सञ्चालन गर्न पाइने छैन। मौन अवधि सुरु भएपछि सवारी सञ्चालनमा पूर्ण रोक लगाइनेछ। मतदान हुनुभन्दा ४८ घण्टा अगाडिदेखि मतदान प्रक्रिया सम्पन्न नहुँदासम्म प्रचारका लागि प्रयोग हुने सवारी सञ्चालन निषेध गरिएको छ। मतदानको दिन आयोगबाट स्वीकृत सवारीबाहेक अन्य सवारी सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ, यद्यपि हवाई उडान यस प्रतिबन्धबाट मुक्त रहनेछ।

प्रचारका क्रममा विदेशी नम्बर प्लेट भएका सवारी प्रयोगमा पूर्ण निषेध गरिएको छ। कार्यविधिको उल्लंघन भएमा सम्बन्धित सवारी जफत गरिनेछ र अनुमति बिना वा मौन अवधिमा सञ्चालन गरिएका सवारी नियन्त्रणमा लिएर निर्वाचन सम्पन्न भएपछि मात्र फिर्ता गरिने आयोगले जनाएको छ। जिल्ला आचारसंहिता अनुगमन समितिले अनुगमनका क्रममा उल्लंघन भेटिएमा स्थानीय प्रशासनलाई आवश्यक निर्देशन दिन सक्ने अधिकार पनि प्रदान गरिएको छ।

मतदानको दिन उम्मेदवार, सुरक्षाकर्मी, संवैधानिक निकायका पदाधिकारी, राष्ट्रिय सूचना आयोग, निर्वाचन पर्यवेक्षक, कूटनीतिक नियोग, संयुक्त राष्ट्रसंघसम्बद्ध निकाय, सञ्चार माध्यम, अध्यागमन र भन्सारसम्बन्धी कार्यालय, विदेशी पर्यटक, अन्तर्राष्ट्रिय संघ-संस्था, अवलोकनकर्ता, विशिष्ट अतिथि तथा आयोगले निर्दिष्ट गरेका अन्य व्यक्ति वा निकायले सवारी प्रयोगका लागि अनुमति प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

यद्यपि अत्यावश्यक सेवासँग सम्बन्धित सवारी-जस्तै एम्बुलेन्स, दमकल, शववाहन, अस्पताल सेवा, खानेपानी ट्यांकर, दूध ढुवानी, दूरसञ्चार तथा विद्युत् सेवा-लाई अनुमति लिनु नपर्ने स्पष्ट गरिएको छ। कूटनीतिक नियोगका सिडी नम्बर प्लेट भएका सवारीमा पनि सोही व्यवस्था लागू हुने आयोगले जनाएको छ।

यो पनि पढ्नुहोस्

स्मार्ट घरलाई कानुनी रूपमा परिभाषित

स्मार्ट घरलाई कानुनी रूपमा परिभाषित

५ घण्टा अगाडि
नेपालमा उत्पादित ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात

भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँच दिन देशका विभिन्न क्षेत्रमा आंशिक बदली हुने

स्मार्ट घरलाई कानुनी रूपमा परिभाषित

आज कोजाग्रत पूर्णिमा

भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक