शुक्र, मंसिर १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पोर्चुगलको ७ औं राष्ट्रपति निर्वाचनमा रमेशराज बास्तोलाले अधिकृतको जिम्मेवारी पायाे

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
0
पोर्चुगलको ७ औं राष्ट्रपति निर्वाचनमा रमेशराज बास्तोलाले अधिकृतको जिम्मेवारी पायाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पोर्चुगल । पोर्चुगलमा सम्पन्न भएको ७ औं राष्ट्रपति निर्वाचनमा नेपाली मूलका रमेशराज बास्तोलाले लिस्बनस्थित मतदान केन्द्रमा मतदान केन्द्र अध्यक्ष (निर्वाचन अधिकृत)को जिम्मेवारी सफलता पूर्वक पूरा गरेका छन् । पोर्चुगलमा निर्वाचन अधिकृतको जिम्मेवारी पाउने नेपाली मुलमा बास्तोला पहिलो हुन् ।

बास्तोलाले यस चुनावमा  मतदाताहरूलाई सहज र व्यवस्थित तरिकाले मतदान प्रक्रियामा सहभागी गराउन नेतृत्व प्रदान गरेका थिए। ‘यो प्रवासमा मेरो पहिलो निर्वाचन अनुभव हो। मतदान केन्द्रको अध्यक्षको रूपमा जिम्मेवारी पाउँदा म अत्यन्तै उत्साहित छु। निर्वाचन प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाउन सक्नु मेरो लागि गर्वको विषय हो,’ उनले भने, ‘एकै दिन मतदान र सोही दिन नतिजा आएको छ, यो प्रविधिको अद्भुत प्रयोग हो । यस अवसरले निर्वाचन व्यवस्थापनको अनुभव मात्र नभई लोकतन्त्र र नागरिक सहभागीता सम्बन्धी महत्वपूर्ण ज्ञान प्राप्त गरेको छु।’

स्थानीय निर्वाचन अधिकारीहरूले पनि बास्तोलाको कार्यशैलीको प्रशंसा गरेका छन् र उनको नेतृत्वमा मतदान केन्द्र सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गरेका छन्।  नेपाली मूलका ४१ वर्षीय बास्तोलाको जन्मघर पर्वत  हो। उनी लामो समयदेखि पोर्चुगलमा बसोबास गर्दै आएका छन्।

यसैबीच, पोर्चुगलको राष्ट्रपति निर्वाचनमा सोसलिस्ट पार्टीका नेता एन्टोनियो जोजे सेगुरो विजयी भएका छन्। खराब मौसम र भीषण आँधीबीच सम्पन्न निर्णायक मतदानमा सेगुरोले सत्तहत्तर दशमलव सात प्रतिशत मत प्राप्त गर्दै उग्र दक्षिणपन्थी उम्मेदवार तेइस दशमलव तीन प्रतिशत मतान्तरले पछि पारेका छन्।

निर्वाचन आयोगका अनुसार, ६३ वर्षीय सेगुरोले देशको लोकतन्त्र रक्षा र सामाजिक न्याय प्रवर्द्धनलाई आफ्नो मुख्य एजेन्डा बनाएका थिए, जसमा पोर्चुगाली जनताले स्पष्ट समर्थन दिएका छन्। पोर्चुगलमा  नेपाली समुदायको बाक्लो  उपस्थिति छ । उनीहरूको मुख्य पेशा निर्माण, होटल–रेस्टुराँ, सफाइ, कृषि र सेवा क्षेत्रसँग जोडिएको छ। धेरै नेपाली विद्यार्थी पनि पोर्चुगलमा अध्ययनरत छन्। बास्तोलाले यस अघि जनवरी १८ मा भएको राष्ट्रपति निर्वाचनमा पनि मतदान केन्द्र अध्यक्ष (निर्वाचन अधिकृत) को जिम्मेवारी पाएका थिए । जनवरी १८ को निर्वाचनमा प्रयाप्त मत नझरेपछी पुन: फेब्रुअरी ८ मा निर्वाचन भएको थियो ।

यो पनि पढ्नुहोस्

स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध

समाजवाद निर्माणपूर्वको वस्तुगत अवस्था र समाजवादमा पुग्ने ऐतिहासिक शर्तहरू

३ घण्टा अगाडि
सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ

सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु

काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने

रास्वपाका नेताहरू र सभापति रवि लामिछानेबीच भेट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक