शुक्र, मंसिर १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सुदूरपश्चिम प्रदेश सरकारलाई गम्भीर बन्न आग्रह

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
0
सुदूरपश्चिम प्रदेश सरकारलाई गम्भीर बन्न आग्रह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

धनगढी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई गम्भीर बन्न आग्रह गर्दै १२ बुँदामा जवाफ माग गरेको छ ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति लगायतका पार्टी मिलेर बनेको नेकपाको प्रदेश संसदीय दलले सोमबार पत्रकार सम्मेलन गर्दै १२ बुँदामा विभिन्न आरोप लगाउँदै सरकारको जवाफ माग गरेको छ ।

मुख्यमन्त्री कमलबहादुर शाह र सरकारको कार्य प्रभावकारितामाथि प्रश्न उठाउँदै संसदीय दलका नेता खगराज भट्टले कांग्रेस र एमालेको गठबन्धन सरकार असफल भएको बताउदै माग पूरा गर्नुपर्ने बताए । प्रदेश सरकारलाई एक हप्ताको समय दिदै नेकपाले माग सम्बोधन नभए मुख्यमन्त्रीको राजीनामा माग्दै सडक र सदन दुवै मोर्चाबाट सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । नेता भट्टले सरकार भ्रष्टाचार, ढिलासुस्ती, भागबण्डा र बेथितिमा डुबेको आरोप लगाए । सरकार अस्थिरता, निष्क्रियता र दिशाहीनतामा फसेको भन्दै जनताले सरकारको उपस्थिति नै अनुभूति गर्न नपाएको बताए । ‘सरकार विकास, सुशासन र जनउत्तरदायित्वमा पूर्ण असफल भएको छ । यस्तो नेतृत्वले प्रदेशलाई झन् पछाडि धकेलिरहेको छ,’भट्टले भने । नेकपाले प्रदेशमा भ्रष्टाचार र कमिसनतन्त्र खुलेआम मौलाएको, योजना बाँडफाँटदेखि नियुक्तिसम्म आसेपासेलाई फाइदा पुर्‍याउने प्रवृत्ति बढेको तथा प्रशासनिक सुधार र कानुन निर्माणमा सरकार पूर्णत: असफल भएको आरोप पनि लगाएको छ ।

प्रदेश राजधानी कार्यान्वयनमा असफलता, आवश्यक कानुन निर्माण नगर्नु, बजेट कार्यान्वयन कमजोर हुनु, मन्त्रालयहरूमा बेथिति, अस्पतालमा नियुक्ति ढिलाइ, ओएनएम सर्वेक्षण नगर्नु, नीति आयोगमा भागबण्डा, लगानी सम्मेलनको नाममा अपारदर्शी खर्च, सर्वोच्च अदालतका आदेश कार्यान्वयनमा आलटाल, अस्थायी कार्यालयमार्फत मनपरी खर्च, ऐनविनै गठन आदेश र समग्र सुशासन अभावजस्ता विषय उठाएको छ । त्यस्तै बैतडी बस दुर्घटनाको प्रभावकारी छानबिन नगरेको तथा विपद् व्यवस्थापनमा पनि सरकार असफल भएको भन्दै भट्टले सरकार ‘विज्ञप्तिमुखी’ मात्रै बनेको टिप्पणी गरेका छन् । नेकपाले एक साताभित्र लिखित र चित्तबुझ्दो जवाफ नदिए मुख्यमन्त्री र मन्त्रीहरूले नैतिकताको आधारमा पद त्याग गर्नुपर्ने चेतावनी दिएको छ ।

यी हुन् नेकपाले सरकारको धारणा मागेका १२ बुँदा १.प्रदेश राजधानी कार्यान्वयनमा पूर्ण असफलता २.आवश्यक कानुन निर्माण गर्न असफल ३.बजेट कार्यान्वयनमा गम्भीर असफलता ४.मुख्यमन्त्री कार्यालयदेखि मन्त्रालयसम्म व्यापक बेथिति ५.अस्पतालहरूमा नियुक्ति ढिलाइ, सरकार भागबण्डामा केन्द्रित ६.संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न असफल ७.नीति आयोगमा चरम बेथिति, भागबण्डाका आधारमा राज्यकोष दुरुपयोग ८.आयोजना नै नभएको लगानी सम्मेलनको नाममा अपारदर्शी र मनपरी खर्च ९. सर्वोच्च अदालतका आदेश कार्यान्वयनमा आलटाल १०. अस्थायी कार्यालय खोली मनमौजी खर्च, आसेपासेलाई लाभ ११ .ऐन नबनाई गठन आदेशलाई प्राथमिकता १२ .समग्र रूपमा सुशासन, पारदर्शिता र जवाफदेहिताको अभाव

यो पनि पढ्नुहोस्

स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध

समाजवाद निर्माणपूर्वको वस्तुगत अवस्था र समाजवादमा पुग्ने ऐतिहासिक शर्तहरू

३ घण्टा अगाडि
सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ

सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु

काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने

रास्वपाका नेताहरू र सभापति रवि लामिछानेबीच भेट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक