शुक्र, मंसिर १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भ्रष्टाचार स्वीकार्य नहुने

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 min read
0
भ्रष्टाचार स्वीकार्य नहुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । गत शुक्रबारबाट सम्पर्क कार्यलयहरूको उद्घाटन र कार्यकर्तासँग छलफल थालेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिजाे शनिबार पनि यसलाई निरन्तरता दिएका छन् ।
हिजाे उनले चितवन क्षेत्र नम्बर २ अन्तर्गत भरतपुर महानगरपालिका र कालिका नगरपालिकाका १० वटा वडामा सम्पर्क कार्यालयको स्थापना र कार्यकर्ताहरूसँग छलफल गरेका छन् । यस क्रममा बोल्दै उनले अबका दिनमा भ्रष्टाचार स्वीकार्य नहुने सन्देश दिए ।

उनले अहिलेको लडाइँ भनेको भ्रष्टाचारीहरू र सुशासन चाहानेहरूका बिचको भएको जनाए । भ्रष्टाचारलाई जरैदेखि निर्मूल पार्ने भए आगामी प्रतिनिधिसभा निर्वाचनमा दुवै भोट घण्टीमा दिन आग्रह गरे । ‘यदि भ्रष्टाचार राख्ने हो भने राख्नुस्, मलाई केही भन्नुछैन,’ उनले भने, ‘तर सबै भ्रष्टाचार फाल्ने हो भने दुईवटै भोट घण्टीमा हाल्नुस् ।’ घण्टी चुनाव चिह्नले काम नगरे विकल्प खोजिने पनि उनले जनाए । ‘घण्टीले काम गरेन भने मै सोचौँला नि । पाँच वर्षको स्थायी सरकार बनाएर त्यो स्थायी सरकारले पनि जनताको वाचा पूरा गरेन भने यसरी नाक ठड्याएर चोकमा उभिने साहस होला र मेरो ? कसैले घण्टीमा सदस्यता लिनुभएको छ भने च्यातिदिए हुन्छ,’ उनले भने, ‘काम नगर्ने मान्छेलाई किन पाल्ने ? अर्को विकल्प आउँछ ।’

सभापति लामिछानेले लोकतन्त्र जोगाउने ठेक्का ठुला दलहरूले लिएकोजस्तो देखिने गरेको टिप्पणी पनि गरे । जनताले ल्याएको लोकतन्त्र जनताले नै जोगाउने उनको धारणा थियो । कुनै दल र नेताले लोकतन्त्रको ठेकेदार आफैँ भएजस्तो गर्नुपर्ने आवश्यकता नभएको उनले जनाए ।

‘लोकतन्त्रको चिन्ता गर्छन् यहाँ ठुला दलहरू, कत्ति न उनीहरूले ठेक्का पाएजस्तो। लोकतन्त्र कुनै नेताले वा पार्टीले जोगाएको होइन, जनताले जोगाएका हुन्,’ उनले भने, ‘जनताले नै लोकतन्त्र जोगाउँछन्।’

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै उनले लोकतन्त्र अब खतरामा नरहेको दाबी पनि गरे। ‘लोकतन्त्रको खतरा हेलिकोप्टर चढेर भाग्यो, अब खतरा छैन,’ उनले भने, ‘तर फेरि त्यो हेलिकोप्टर बालुवाटार वा सिंहदरबारमा ल्यान्ड भयो भने लोकतन्त्र ठुलो खतरामा पर्छ।’ यस्तो अवस्था आउन नदिन जनताले नै लोकतन्त्र जोगाउनुपर्ने उनको भनाइ थियो।

शनिबार नै चितवनमा रहेका गोरखाका मतदातासँग पनि रास्वपा लामिछानेले छलफल एवं भेटघाट गरेका छन्। उक्त अवसरमा उनले रास्वपाका उम्मेदवार सुदन गुरुङको पनि प्रशंसा गर्दै जित दिलाउन आग्रह गरे। सुदन गुरुङ देशलाई निश्वार्थ माया गर्ने मान्छे भएकाले सबैले सहयोग गर्नुपर्ने उनको भनाइ थियो। ‘सुदन गुरुङ देशलाई माया गर्ने मान्छे हो, देश र जनताका लागि निरन्तर लडिरहने योद्धा हो,’ उनले भने, ‘गोरखाबाट सुदन गुरुङको जित आवश्यक छ।’

यो पनि पढ्नुहोस्

पनिकाले आधिकारिक फेसबुक पेज सञ्चालनमा ल्यायो

जग्गा अतिक्रमणकारीलाई ७ दिनभित्र खाली गर्न त्रिविकाे अल्टिमेटम

४ मिनेट अगाडि
राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता 

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता 

९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु

दमौली–भरतपुर २२० केभी प्रसारणका लागि रुख कटान

काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक