शुक्र, मंसिर १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आचारसंहिता उल्लङ्घनका घटनामा नजरअन्दाज नगरिने

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 min read
0
आचारसंहिता उल्लङ्घनका घटनामा नजरअन्दाज नगरिने

काठमाडौँ, २३ माघ : निर्वाचन आयोगका प्रवक्ता भट्टराई काठमाडौँको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को बारेमा जानकारी दिन शुक्रबार आयोजित नियमित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्नुहुँदै निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई। तस्बिर : प्रदीपराज वन्त/रासस

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा कुनै पनि किसिमको नजरअन्दाज नगर्ने स्पष्ट पारेका छन्।

शुक्रबार आयोजित नियमित पत्रकार भेटघाटका क्रममा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आचारसंहिता पालना गराउन र उल्लङ्घनकर्तालाई कानुनी दायरामा ल्याउन आयोगले सक्रियता बढाएको जानकारी गराउनु भयाे ।

प्रवक्ता भट्टराईले पछिल्लो समय जिल्ला तहबाटै उजुरी लिने र फर्छ्योट गर्ने क्रम बढेकाले केन्द्रमा उजुरीको चाप घटेको जानकारी दिनुभयो। आयोगले हालसम्म ३४ वटा राजनीतिक दल र उम्मेदवारलाई स्पष्टीकरण सोधेकोमा २४ वटाबाट जवाफ प्राप्त भइसकेको जनाएको छ।

भट्टराईका अनुसार प्राप्त जवाफको अध्ययन गरी केन्द्रीय आचारसंहिता अनुगमन समितिले निर्वाचन (कसुर तथा सजाय) ऐनबमोजिम आवश्यक कारबाहीको निर्णय लिनेछ। उहाँले ६३ राजनीतिक दलका ५७ निर्वाचन चिह्नमा कुल ३ हजार १३५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको बताउनुभयो। जसमा महिला उम्मेदवारको सङ्ख्या १ हजार ७७२ र पुरुषको सङ्ख्या १ हजार ३६३ रहेको छ। समानुपातिकतर्फ पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको आयोगको तथ्याङ्कले देखाएको छ।

उहाँले भन्नुभयो, “पछिल्लो समय जिल्लामै उजुरी गर्ने र त्यहीँबाट फर्छ्योट गर्ने दर बढेको छ। यसले गर्दा केन्द्रमा उजुरी आउने क्रम घटेको महसुस गरेका छौँ। सुधारका पक्षहरू भए हामी अझै परिष्कृत हुन तयार छौँ। हामीले ३४ वटा राजनीतिक दल र उम्मेदवारलाई स्पष्टीकरण सोधेकोमा २४ बाट जवाफ पाइसकेका छौँ। प्राय: हामीलाई सोधिने प्रश्न ‘जवाफ लिइसकेपछि कारबाही हुन्छ कि हुँदैन’ भन्ने छ। आचारसंहिता र निर्वाचन (कसुर तथा सजाय) ऐन हेर्नुभयो भने यसको स्पष्ट जवाफ पाउनुहुनेछ। केन्द्रीय आचारसंहिता अनुगमन समितिले कानुनबमोजिम थप स्पष्टीकरण लिने वा कारबाही गर्नेबारे निर्णय लिन्छ। आचारसंहिता उल्लङ्घनका घटनामा आयोगले कुनै सम्झौता गर्दैन।”

आयोगले निर्वाचन प्रक्रियालाई थप व्यवस्थित र सुधार गर्न आफूहरू सदैव तयार रहेको प्रतिबद्धता जनाउँदै आचारसंहिताको पूर्ण पालना गर्न सबै पक्षलाई आग्रह गरेको छ।

यो पनि पढ्नुहोस्

स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध

समाजवाद निर्माणपूर्वको वस्तुगत अवस्था र समाजवादमा पुग्ने ऐतिहासिक शर्तहरू

४ घण्टा अगाडि
सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ

सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु

काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने

रास्वपाका नेताहरू र सभापति रवि लामिछानेबीच भेट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक