शुक्र, मंसिर १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अपाङ्गको परिचयपत्र वितरण कार्यविधिमा सुधारबारे छलफल

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 min read
0
अपाङ्गको परिचयपत्र वितरण कार्यविधिमा सुधारबारे छलफल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण (नमुना) कार्यविधि अझै सरल र प्रभावकारी बनाउन सरोकारवालासँग छलफलको आयोजना गरिएको छ । सामाजिक सुरक्षा नागरिक समाज सञ्जालद्वारा विभिन्न साझेदार सङ्घ संस्थासँगको सहकार्यमा शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण (नमुना) कार्यविधि-२०७५ मा गर्नुपर्ने सुधारबारे छलफलको आयोजना गरिएको हो ।

सो अवसरमा सञ्जालका अध्यक्ष गोपाल थापामगरले हाल कार्यन्वयनमा रहेका अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण (नमुना) कार्यविधिमा देखिएका समस्याबारे सरोकार पक्षसँग पुनः छलफल गरी पुनः सुधारका लागि पहल गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सहभागी विविध अपाङ्गता भएका व्यक्ति, संस्थाबाट आवश्यक सुझाव प्राप्त हुने आशा व्यक्त गर्नुभयो ।

अधिवक्ता राजु बस्नेतले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ अनुसार बनाइएको अपाङ्गता परिचयपत्र वितरण (नमूना) कार्यविधीले देशभर वितरण गरिने सो परिचयपत्रमा एकरुपता ल्याउने विश्वास व्यक्त गर्दै समय अनुसार परिमार्जन गर्न सरोकारवालाको निरन्तर सल्लाह, सुझावको आवश्यकता हुने जनाउनुभयो ।

अपाङ्गता अभियन्ता एविलीटि मन्चका प्रमुख सुदर्शन सुवेदीले अपाङ्गताको क्षेत्रमा साझा माग र मुद्दामा सबै एकजुट हुनुपर्ने बताउँदै नागरिक समाजले बनाएको अपाङ्गता परिचयपत्र वितरण (नमूना) कार्यविधीमा थप आवश्यक सुझावका लागि छलफलको आयोजना गरिएको जनाउनुभयो । उहाँले हाल सो कार्यविधि ३० वटा स्थानीय तहले कार्यन्वयनमा ल्याएको र यसको परिमार्जनसहित देशभर लागु हुने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा मनिष प्रसाईले अपाङ्गता परिचयपत्र वितरण (नमूना) कार्यविधीमा भएका व्यवस्थाबारे चर्चा गर्दै अपाङ्गताभित्रको विविधतालाई समेट्ने बनाउन सरोकार पक्षको सुझाव निरन्तर लिइरहने अभियानकै रुपमा जारी राख्नुपर्ने बताउनुभयो । युनिसेफका अपाङ्गता समन्वय अधिकृत जमुना सुवेदीले हाल स्थानीय तहले अभ्यास गरिरहेको अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण (नमूना) कार्यविधीमा भएका व्यवस्थाले सबै प्रकारका अपाङ्गता भएका व्यक्ति समेटोस् भन्ने उद्देश्यका लागि आवश्यक परिमार्जन गर्नुपर्ने सवालमा चिकित्सक र सरोकारवालासँग छलफल गरी सुधार गर्दै जानुपर्ने सुझाव दिनुभयो । सो अवसरमा समुहगत छलफलमार्फत सुझाव सङ्कलन गरिएको छ ।

यो पनि पढ्नुहोस्

स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध

समाजवाद निर्माणपूर्वको वस्तुगत अवस्था र समाजवादमा पुग्ने ऐतिहासिक शर्तहरू

४ घण्टा अगाडि
सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ

सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु

काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने

रास्वपाका नेताहरू र सभापति रवि लामिछानेबीच भेट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक