सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

बंगालमा घातक ‘निपाह भाइरस’को संक्रमण पुष्टि

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
Reading Time: 1 min read
0
बंगालमा घातक ‘निपाह भाइरस’को संक्रमण पुष्टि
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भारतको पश्चिम बंगालमा घातक ‘निपाह भाइरस’को संक्रमण पुष्टि भएसँगै नेपाल सरकारले सीमा नाकाहरूमा उच्च सतर्कता (हाइ अलर्ट) अपनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हवाई र स्थल दुवै मार्गबाट नेपाल भित्रिने यात्रुहरूको कडा निगरानी सुरु गरेको हो।

भारतमा संक्रमण बढ्दो क्रममा रहेको र खुला सीमाका कारण नेपालमा यसको जोखिम ‘उच्च’ रहेको भन्दै स्वास्थ्य विज्ञहरूले सर्वसाधारणलाई व्यक्तिगत सरसफाइ र खानपानमा विशेष ध्यान दिन आग्रह गरेका छन्।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार सीमा क्षेत्रमा रहेका हेल्थ डेस्कहरूलाई सक्रिय बनाइएको छ। शंकास्पद लक्षण देखिएका यात्रुहरूलाई तत्कालै पहिचान गरी आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ।

संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले सीमा नाकामा निगरानी बढाउनेदेखि निपाहसँग मिल्दाजुल्दा लक्षण भएका बिरामीको विवरण संकलन गर्नेसम्मका काम अगाडि बढाउन भनिसकेको डा बुढाथोकीले जानकारि दिए। यसका साथै प्रभावित क्षेत्रबाट आउने व्यक्तिहरूलाई निश्चित समयका लागि सम्पर्कबाट टाढा रहन र क्वारेन्टाइनमा बस्न सुझाइएको पनि उनले बताए।

विश्व स्वास्थ्य संगठनका अनुसार निपाह भाइरस कोरोनाभन्दा पनि बढी घातक मानिन्छ। यसको मृत्युदर ४० देखि ७० प्रतिशत सम्म छ। यो भाइरस मुख्यतया: संक्रमित चमेरो र सुंगुरबाट मानिसमा सर्छ। संक्रमित पशुले जुठो हालेका फलफूल वा तिनीहरूको मासु खाँदा सर्छ। संक्रमित व्यक्तिसँगको नजिकको सम्पर्कबाट पनि यो फैलिन सक्छ।

संक्रमण भएको ३ देखि १४ दिनभित्र ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने र श्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षण देखिन्छन्। जटिल अवस्थामा यसले मस्तिष्क सुन्निने र बिरामी २४ देखि ४८ घण्टाभित्रै कोमामा पुग्न सक्ने जोखिम रहन्छ।

भारतमा यसअघि पनि विभिन्न समयमा यो भाइरसको संक्रमण फैलिएको थियो।

यो पनि पढ्नुहोस्

शिक्षक सरुवामा कडाइ

शिक्षक सरुवामा कडाइ

३ घण्टा अगाडि
‘रोल नं १’लाई विद्यालय र विद्यार्थीको साथ

‘रोल नं १’लाई विद्यालय र विद्यार्थीको साथ

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संस्कृति बन्न सकेन रक्तदान

अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग

नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

स्नातक प्रवेश तयारी अब अनलाइनमै

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक