नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले काठमाडौंका १० वटै क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ ।
अभियन्ता सुमन सायमीलगायत अधिकांश नयाँ उम्मेदवारले टिकट पाएका छन् ।
काठमाडौं– १ मा मेनुका भण्डारी तथा २ मा नितेश पौडेलले टिकट पाएका छन् । पौडेल माधवकुमार नेपाल निकट हुन् । यस्तै, काठमाडौं– ३ मा निरज लामा उम्मेदवार बनेका छन् । यो क्षेत्रमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ चुनाव लड्ने तयारीमा छन् ।
काठमाडौं–४ मा इन्द्र भुसाल र ५ मा कल्पना शर्मा उम्मेदवार बनेका छन् । अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हिमाल शर्मा काठमाडौं ६ बाट उम्मेदवार बन्दा ७ मा वसन्त मानन्धरले टिकट पाएका छन् ।
मानन्धरले २०७४ सालको चुनाव जितेका थिए । हालै मात्र नेकपा प्रवेश गरेका सुमन सायमी काठमाडौं ८ बाट उम्मेदवार बनेका छन् ।
९ मा राधाकृष्ण महर्जनले टिकट पाउँदा १० बाट हितमान शाक्य उम्मेदवार बनेका छन् ।
काठमाडौं १० बाट २०६४ सालमा प्रचण्डले चुनाव जितेको थिए । टिकट बाँडेर पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवारी दर्ता गर्न रूकुमपूर्व लागेका छन् ।
फागुन २१ मा हुने प्रतिनिधि सभा चुनावका लागि भोलि मनोनयनको कार्यक्रम छ ।


