काठमाडौं । पार्टीको आधिकारिकताका विषयमा विवाद बढ्दै जान थालेपछि नेपाली काँग्रेसको शेरबहादुर देउवा पक्षका निर्वाचन आयोगको कार्यालयमा पुगेका छन् ।
शुक्रवार बिहानै काँग्रेसका देउवा पक्षको एक टोली निर्वाचन आयोगको कार्यालय पुगेको हो । काँग्रेस विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापति बनेपछि काँग्रेस भित्र पार्टीको आधिकारिकताका विषयमा विवाद चुलिएको हो ।
त्यस्तै पार्टीको विशेष महाधिवेशनबाट सभापतिमा थापा निर्वाचित भएको भन्दै सभापति थापा पक्षले बिहीबार निर्वाचन आयोगको कार्यालयमा पार्टीको आधिकारिकताका विषयमा निवेदन समेत बुझाएको र सो विषयमा आयोगले छानबिन समेत सुरु गरिरहेको छ ।


