शनि, कार्तिक १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रविकाे सम्पत्ति शुद्धीकरण अभियोग संशोधन गर्ने निर्णय

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
Reading Time: 1 min read
0
न्यायको लडाइँ बाँकी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन बाहेकका जिल्ला अदालतमा दायर गरिएको संगठित अपराध र कास्की जिल्ला अदालतमा दायर पूरक मुद्दामा थपिएको सम्पत्ति शुद्धीकरणको अभियोग सम्बन्धित सरकारी वकिल कार्यालयले संशोधन गर्ने निर्णय गरेको छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ को व्यवस्थाअनुसार अभियोगपत्र संशोधनका लागि सम्बन्धित जिल्ला सरकारी वकिलको कार्यालयलाई अनुमति दिइएको हो ।

लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध साँधेर तत्कालीन सरकारी वकिल कार्यालयबाट पूरक मुद्दाको माध्यमबाट संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइएको दाबीसहित फिर्ता लिन निवेदन दिएका थिए ।
लामिछानेको निवदेनमाथि अध्ययन गरेपछि महान्यायाधिवक्ता सविता भण्डारीले मुलुकी अपराध संहिता २०७४ को दफा ३६ बमोजिम सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयलाई मुद्दा संशोधन गर्ने आधारसहित आदेश दिएकी छिन्।

मुद्दा संसोधन गर्न लिइएका आधार के के हुन् ?

संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरिएको ‘सहकारी संस्थाबाट रकम गोरखा मिडिया प्राली मा आउने सम्पूर्ण प्रक्रियामा रवि लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण रहेको नदेखिएता पनि सोही रकम गोरखा मिडियामा आइसकेपछि सोको सञ्चालन खर्च प्रक्रियामा उहाँको सहभागिता देखिन्छ,’ भन्ने प्रतिवेदनको अंशलाई आधार लिइएको छ ।

त्यसैगरी, लामिछानेको अभियोग फिर्ता लिइएको आधारमा सहकारी ऐन, २०७४ ९(२०८१ चैत १८ मा भएको संशोधन सहित) को दफा १३१(क) मा सहकारी ठगी मुद्दा मिलापत्र हुन सक्ने भन्ने व्यवस्थालाई पनि लिइएको छ ।

“सोही दफाको उपदफा (२) मा, उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानून बमोजिम मिलापत्र हुन नसक्ने संगठित अपराध, सम्पत्ति शुद्धीकरण र अन्य फौजदारी कसुरसँग सम्बन्धित मुद्दामा मिलापत्र गर्न सकिने छैन भनेर उल्लेख गरिएको छ, अभियोजन फिर्ता लिइएको आधारमा भनिएको छ – ‘यहाँ उल्लेखनीय कुरा के छ भने सहकारी संस्थामा रहेका बचतकर्ताहरूको रकम फिर्ता माग्दा नपाएको र रकम अपचलन भएको हुँदा अन्तिम विकल्पको रूपमा सहकारीका बचतकर्ताहरूले आफ्नो निक्षेप रकम फिर्ता पाउन जाहेरी दरखास्त लिई उपस्थित भएको प्रष्ट नै छ।’

भण्डारीले फिर्ता लिइएको आधारमा लामिछानेलाई ठगीमा मात्र अभियोजन नगरी संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि अभियोजन गर्दा सहकारी पीडितहरूले मिलापत्रको माध्यमबाट आफ्नो रकम प्राप्त गर्ने न्यायको ढोका समेत बन्द एवं दुरूह भएको देखिएको उल्लेख गरिएको छ ।

2-1-1768452652.png

3-1768452652.png

5-1768452656.png

4-1768452656.png

6-1768452661.png

7-1768452661.png

२०८१ असोज १८ मा श्री कास्की जिल्ला अदालत, सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा रहेका बचतकर्ताहरूको बचत अपचलन गरेको भन्ने कसुरमा अभियोग पत्र दायर भएको थियो ।

संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लिखित सुझाव र सिफारिस र पछि परेको जाहेरी बमोजिम २०८१ पुस ६ मा संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर थप गरिएको थियो ।

सोही पुस २१ मा काठमाडौँ जिल्ला अदालतमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा रहेका बचतकर्ताहरूको रकम अपचलन गरेको भन्ने आधारमा सहकारी ठगी र संगठित अपराध सम्बन्धी कसुरमा अभियोग पत्र दायर भएको र माघ ६ गते रुपन्देही जिल्ला अदालतमा सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताहरूको रकम अपचलन गरेको मुद्दामा संगठित अपराधको मुद्दा थप गरेर पूरक अभियोजन दर्ता भएको थियो ।

सोही पुस २२ गते चितवन जिल्ला अदालतमा भने तत्कालीन जिल्ला न्यायाधीवक्ता शान्तिप्रसाद लुइँटेलले सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचतकर्ताको रकम दुरुपयोग गरेको भनी ठगी कसुरमा अभियोजन लगाएर मुद्दा दर्ता गरेका थिए । सोही कारणले लुइँटेललाई सरुवा समेत गरिएको थियो ।

पर्सा जिल्लामा फागुन २ गते संगठित अपराध थप गरेर पूरक अभियोग लगाइएको थियो । तर, लामिछानेले भने आफूमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा अभियोजन संशोधनको माग राखेर निवेदन दिएका थिए ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम प्रदेशसभा सदस्यको राजीनामा स्वीकृत

सुदूरपश्चिम प्रदेशसभा सदस्यको राजीनामा स्वीकृत

९ घण्टा अगाडि
कम्पनीहरूलाई छुटमा कारोबार जारी

कम्पनीहरूलाई छुटमा कारोबार जारी

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जेन–जी आन्दोलन सम्बन्धी २०६ वटा मुद्दा फिर्ता लिने

गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षतामाथि प्रहार भए प्रतिवाद गर्छौं : अन्सारी

आधुनिक बनाउन कानुनमा सुधारको तयारी

टरिगाउँ र रारा विमानस्थलको अध्ययन अघि बढाउन निर्देशन

कांग्रेसको १५औं महाधिवेशन सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक