, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको कारबाहीमा परेका गगनकुमार थापाले पार्टी नै विशेष महाधिवेशन पक्षधरहरू रहेको ठाउँ रहेको जनाएका छन् ।
विशेष महाधिवेशनको हललाई सम्बोधन गर्दै थापाले पार्टी नै यही भएको जनाएका हुन् ।
आजै बसेको देउवा समूहको संस्थापनको केन्द्रीय समितिको बैठकले थापा, अर्का महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्ला मन्सुरलाई ५ वर्ष पार्टीबाट निष्काशन गरेको छ ।
लगत्तै उनले विशेष महाधिवेशनको हललाई भने,’पार्टी फुटेको छैन । यही हो पार्टी । यो अधिवेशनको क्रममा छ । यसले जे निर्णय गर्छ त्यही आधारमा पार्टी अघि बढाउँछ ।’


