काठमाडौं । काठमाडौं महानगरपालिका-२९ अनामनगर बस्ने मुकुन्द थापाको घरबाट सुन, चाँदी र नगद गरी करिब ७ लाख रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ माकलबारी डेरा गरी बस्ने उदयपुर गाईघाट घर भएका सन्तोष राईको कोठाबाट करिब २ लाख ६० हजार रूपैयाँ बराबरको सुनको गरगहना आइतबार दिउँसो चोरी भएको छ ।
यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ माकलबारी फूलबारी टोल डेरा गरी बस्ने रामेछाप घर भएका पासाङ तामाङको कोठाबाट करिब २ लाख ६० हजार रूपैयाँ बराबरको सुनका गरगहनाहरू आइतबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


