शुक्र, कार्तिक ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

स्वतन्त्र राजनीतिक धार स्पष्ट एकतामा उभिए

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 min read
0
स्वतन्त्र राजनीतिक धार स्पष्ट एकतामा उभिए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । २०७९ को स्थानीय तह निर्वाचनपछि अटेरी अभियान, लौरो अभियान, नागरिक विद्रोह हुँदै GenZ 2.0  सम्म विभिन्न नाम र स्वरूपमा सक्रिय रहँदै आएको स्वतन्त्र राजनीतिक धार आज स्पष्ट एकतामा उभिएको छ। लामो समयदेखि उठ्दै आएको “लौरो कता हरायोरु” भन्ने प्रश्नको जवाफ आज बुढानगरमा सम्पन्न देशव्यापी भेलाले स्पष्ट रूपमा दिएको छ — लौरो हराएको होइन, स्वतन्त्र चेतनालाई एक ठाउँमा ल्याउने प्रक्रियामा थियो।
आज सम्पन्न भेलामा ८३ जना स्वतन्त्र तथा लौरो उम्मेदवार र ११४ जना विभिन्न स्वतन्त्र अभियानका प्रमुख अभियन्ताहरू सहित करिब दुई सयको हाराहारीमा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। भेलामा सहभागीहरूले लौरो अभियान र स्वतन्त्र राजनीतिक धारलाई एउटै साझा प्लेटफर्ममा अघि बढाउने स्पष्ट प्रतिबद्धता व्यक्त गरे।
भेलाले नयाँ शक्तिहरू आ–आफ्नै दिशामा छुट्टिएर हिँड्दा कहीँ पनि नपुगिने निष्कर्ष निकाल्दै अब एकता अपरिहार्य भएको स्पष्ट सन्देश दिएको छ। नयाँ शक्ति बन्ने धरोहर, जरा र इतिहास नबुझी अघि बढ्दा आन्दोलनहरू कमजोर हुने र दिशाहीन हुने चेतावनी पनि भेलाबाट दिइयो।
लौरो अभियानका केन्द्रीय प्रवक्ता डा। हरि कार्कीका अनुसार आजको भेला केवल छलफल नभई राजनीतिक स्पष्टताको मोड हो।
“२०७९ यता एउटै आन्दोलन विभिन्न नाममा निरन्तर संघर्षरत रह्यो। आज लौरो र स्वतन्त्र एकै ठाउँमा उभिएका छन्। टुक्रिएर होइन, एकजुट भएर मात्रै वैकल्पिक राजनीति सम्भव हुन्छ,” उहाँले बताउनुभयो।
राजनीतिक विश्लेषकहरूका अनुसार यस भेलाले काठमाडौं महानगर प्रमुख बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीसहित समग्र नयाँ राजनीतिक धारलाई गम्भीर सन्देश दिएको छ। स्वतन्त्र राजनीति अब भावनामा होइन, संगठन, संख्या र साझा रणनीतिमा अघि बढ्ने संकेत आजको भेलाले दिएको उनीहरूको बुझाइ छ।
भेलाबाट लौरो अभियानको भावी दिशा, स्वतन्त्र राजनीतिक शक्तिहरूबीचको समन्वय, साझा संरचना र आगामी रणनीतिबारे महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरिने अपेक्षा गरिएको छ।

 

 

 

यो पनि पढ्नुहोस्

सिजेपीका नेता सौरव दास र आशुतोष रंका रिहा

सिजेपीका नेता सौरव दास र आशुतोष रंका रिहा

२० घण्टा अगाडि
नेपालकाे सरकारी वेबसाइट प्रभावित

नेपालकाे सरकारी वेबसाइट प्रभावित

२० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सिजेपीका नेता सौरव दास र आशुतोष रंका रिहा

नेपालकाे सरकारी वेबसाइट प्रभावित

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

मल्लकालीन युद्धको झल्को दिने ‘खाँ पिहाँवईगु’ जात्रा सम्पन्न

यात्रुवाहक सुमो खस्दा ३ जनाको मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक