काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाललाई शान्ति केन्द्रका रुपमा घोषणा गरेर विश्वबाट मान्यता लिनुपर्ने प्रस्ताव गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आज आयोजित सर्वपक्षीय संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले ‘हामी कसैसँग लड्दैनौं, हामी लगानी ल्याएर विकास गर्छौै’ भनेर संकल्प गर्नुपर्ने जनाए ।
डा. भट्टराईले मुख्यत: भारत र चीन त्यसपछि तेस्रोमा बाह्य मुलुकबाट आईटीलगायतसँग जोडेर पुँजी र प्रविधि भित्र्याउनु पर्ने अवस्था रहेको बताए । उनले भने, ‘लेबर एक्स्पोर्ट गर्नुको साटो फुड र सर्भिसेज एक्स्पोर्ट गरौै यसो गर्यो भने देश बन्छ । ‘


