काठमाडाैं । एडभान्स डेमोक्रेटिक पार्टी (एडीपी) अर्थात् (उन्नत लोकतान्त्रिक पार्टी)ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेश गरेको छ ।
सोमबार एडीपीले समानुपातिकको बन्द सूची आयोगमा बुझाएको हो । राजालाई भोट हाल्न चाहनेका लागि खुला किताब चिह्न लिएर एडीपीले समानुपातिकको बन्दसूची बुझाएको सो दलका अध्यक्ष अधिवक्ता स्वागत नेपालले जानकारी गराए ।
‘मुखमा पार्टी भएपनि राजाका लागि भोट हाल्ने मन भएकाका लागि साझा चिह्न चाहियो भनेर राजसंस्थावादीको सल्लाह भएर खुला किताब चिह्नसहित आयोगमा आएका हौं’, नेपालले भने । वि.सं. २०७९ सालको चुनावमा झापा २ बाट स्वतन्त्र चुनाव लडेका नेपालले आफू यसपटक पनि सोही ठाउँबाट प्रत्यक्ष चुनाव लड्ने जनाए ।
प्रतिनिधि सभाको सभामुख बनेका देवराज घिमिरेसँग उनी झिनो मतले पराजित भएका थिए ।


