आइत, बैशाख २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

ओलीबाट धोका पाएका शिक्षकहरु महावीरको टेबलमा

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
Reading Time: 1 min read
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

गत वैशाख १७ मा २९ दिनसम्म काठमाडौं केन्द्रित आन्दोलन गरेका लाखौं शिक्षकहरूले जुन आशा बोकेर फर्किएका थिए, त्यो आशा अहिले चकनाचुर भएको छ । केपी शर्मा ओली नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले ९ बुँदे सहमति पूर्ण रूपमा पारित गरेको थियो । तत्कालीन शिक्षामन्त्री रघुजी पन्तले ‘यो पटक शिक्षकको माग हातहाती भयो’ भनेर विजय घोषणा गरेका थिए । तर सहमति भएको ठीक ६ महिनापछि वर्तमान शिक्षामन्त्री महावीर पुनले ‘बजेट छैन, कार्यान्वयन गर्न सकिँदैन’ भनेर हात झिकेका छन् । यसले समग्र राज्य संयन्त्रको विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेको छ । शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले प्रश्न गरेका छन्, ‘चुनावको पैसा कहाँबाट आयो ? शिक्षकको तलब–भत्ता शीर्षकमा छुट्याउन किन नसकेको ?’ यो प्रश्नको जवाफ कसैसँग छैन । तत्कालीन ओली सरकारले सहमति गरेर शिक्षकलाई घर फर्कायो, तर बजेट विनियोजनमा धोका दिएको छ ।
सहमति कार्यान्वयन नहुनुको सबैभन्दा ठूलो मार सामुदायिक विद्यालयका शिक्षकहरूले खेपिरहेका छन् । साउनदेखि लागू हुनुपर्ने स्थानीय भत्ता, ग्रेड वृद्धि, तलब स्केल आदि कुनै पनि बुँदा कार्यान्वयन भएनन् । कतिपय पालिकामा त तीन–तीन महिनामा बल्लबल्ल तलब आउँछ । दसैं–तिहारपछि बल्ल आएको असोजको तलब पनि पुरानै दरमा आयो । शिक्षकहरूले सोधेका छन्, मन्त्रिपरिषद्ले गरेको निर्णयलाई किन बजेट वियोजना गरिएन ? यो घटनाले नेपालको राजनीतिक संस्कृतिको नमिठो सत्य उजागर गरेको छ ः आन्दोलन रोक्न जस्तोसुकै सहमति गर्न तयार हुने, तर कार्यान्वयनको बेला ‘बजेट छैन’, ‘अदालतमा मुद्दा छ,’ ‘अघिल्लो सरकारले ग¥यो’ जस्ता बहाना बनाउने । शिक्षक मात्र होइन, यसअघि स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, निजामती कर्मचारी सबैले यस्तै धोका खेप्दै आएका छन् ।
अब शिक्षकहरू फेरि दुई विकल्पमा छन्, सडक वा अदालत । दुवै बाटो कठिन छन् । तर यो राज्यले उनीहरूलाई बाध्य बनाएको हो । यदि मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्नै नसकिने हो भने सरकारले औपचारिक रूपमै त्यो सहमति खारेज गरोस् । नत्र तलब स्केल, भत्ता र ग्रेड कार्यान्वयन गरोस् । बजेट छैन भन्ने जवाफले लाखौं शिक्षकको मन मात्र होइन, समग्र शिक्षा क्षेत्रको मनोबल टुटेको छ ।
शिक्षामन्त्री महावीर पुनजी, तपाईंको टेबलमा अहिले अघिल्लो केपी शर्मा ओली सरकारबाट धोका बोकेर शिक्षकहरू आएका छन् । उनीहरूले आन्दोलन रोकेर राज्यलाई विश्वास गरेका थिए । अब तपाईंसँग दुई मात्र विकल्प छन् या त ओली सरकारले दिएको धोकालाई सच्याएर सहमति कार्यान्वयन गर्नुहोस्, या इतिहासमा शिक्षकलाई फेरि धोका दिने मन्त्रीको रूपमा चिनिन तयार हुनुहोस् । शिक्षकहरू फेरि सडकमा आउन बाध्य नहोऊन्, यो जिम्मेवारी अब शिक्षामन्त्री पुनंको काँधमा छ । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

६ मिनेट अगाडि
रवि र अमेरिकी विशेष दूतबीच भेटवार्ता

रवि र अमेरिकी विशेष दूतबीच भेटवार्ता

८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

सन्दीप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर

एनआईसी एसिया ए डिभिजन लिगको बैंकिंग पार्टनर बने

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक