बिहि, फाल्गुन २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

लुटिएका हतियारका कारण चुनाव नबिथोलिने

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
सयौं प्रहरी कार्यालयमा आगजनी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

धनगढी । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दी र लुटिएका हतियारका कारण चुनाव नबिथोलिने जनाएका छन् ।

गृह मन्त्रालयले मंगलबार धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले फरार कैदीबन्दी पक्राउ गर्ने र लुटिएका हतियार बरामद गर्ने क्रम जारी रहेको जानकारी गराए । उनले चुनावसम्म सबै नियन्त्रणमा लिइसक्ने दाबीसमेत गरे ।

हतियार र फरार कैदीबन्दीको विषयमा पटक—पटक कुरा उठ्ने गरेको बताउँदै अर्यालले उक्त विषयलाई अतिरिञ्जित बनाउन नहुने बताए ।

‘फरार कैदीबन्दी फिर्ता ल्याउने र लुटिएका हतियार बरामद गर्ने क्रम पछिल्लो दिनमा वृद्धि भएको छ । फरार कैदीबन्दी र बाहिर रहेका हतियारको कारणले चुनाव बिथोलिँदैन,’ मन्त्री अर्यालले भने, ‘यो कारणले निर्वाचन नै बिथोलिने हामीले हुन दिँदैनौँ । तीनलाई हामीले फिर्ता ल्याएरै छाड्छौँ भन्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

४ हजार ५५२ कैदीबन्दी र बालबन्दी फिर्ता हुन बाँकी, हतियार कति ?

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका ४ हजार ५५२ कैदीबन्दी र बालबन्दी फिर्ता हुन बाँकी रहेको जानकारी उनले गराए ।

उनले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग सम्बन्धी जघन्य प्रकृतिका कसुरका फरारको संख्या भने कम रहेको दाबी गरे । फरार अवस्थामा रहेका कैदीबन्दीलाई पक्राउ गर्न विशेष रुपमा अभियान चलाइरहेको पनि उनले जनाए ।

लुटिएका हतियारमध्ये अहिलेसम्म ७२७ थान बरामद गरेर फिर्ता गरिसकेको भन्दै उनले केही संख्यामा मात्र बाहिर रहेको उल्लेख गरे । मन्त्री अर्यालले सुरक्षा संवेदनशीलताका कारण लुटिएका हतियारको संख्याबारे भन्न नमिल्ने गरेको उल्लेख गरे ।

सुरक्षा गोष्ठीमा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले फरार कैदीबन्दी र लुटिएका हतियारका कारण भयरहित वातावरणमा चुनाव हुनेमा आशंका गरेका थिए । उनीहरुले गरेको आशंकाको जवाफ दिँदै गृहमन्त्री अर्यालले सोही कारण चुनाव बिथोल्न नदिने जनाएका हुन् ।

सुरक्षा गोष्ठीमा राजनीतिक दलले शान्तिपूर्ण तरिकाले गर्ने कार्यक्रमहरुमा विभिन्न किसिमले अवरोध भइरहेको सन्दर्भमा समेत प्रश्न उठेको थियो । त्यसको जवाफमा मन्त्री अर्यालले सरकार राजनीतिक दललाई बिना बाधा, अवरोध कार्यक्रम तथा अन्य गतिविधि गर्न दिने विषयमा प्रतिबद्ध रहेको जनाए ।

‘निर्वाचन र सुरक्षासँग सम्बन्धी विषयमा विशिष्ट अतिथि र अतिथि ज्यूले केही ध्यानाकर्षण पनि गर्नुभएको छ । खास गरेर राजनीतिक दलका गतिविधिहरुमा कुनै पनि किसिमको हस्तक्षेप नहोस् भनेर ध्यानाकर्षण गराउनुभएको छ,’ उनले भने, ‘त्यसमा नेपाल सरकार, गृह मन्त्रालय प्रतिबद्ध छ । हाम्रो म्यान्डेड नै चुनाव गराउने हो । त्यसका लागि शान्ति सुरक्षा दिनुपर्छ । अहिंसात्मक र शान्तिपूर्ण रुपमा हुने राजनीतिक गतिविधिलाई नेपाल सरकारले सहजीकरण गर्छ । दण्डहीनताको अवस्था आउन दिँदैन ।’

यो पनि पढ्नुहोस्

महावीर पुनले उर्जामन्त्री दिपक खडकालाई नहटाए देश डुब्ने

पुस्तक बेचेर करिब १२ करोड रुपैयाँ संकलन

३ घण्टा अगाडि
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्याे

प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विशिष्टको सेवा सुविधाले सरकारी कोष खाली

वरिष्ठ पत्रकार सुरेश किरणको निधन

चीनको हाई–स्पिड ट्रेन ‘सीआर४५०’ ले परीक्षण

धेरै दाँत भेटिएपछि विश्व कीर्तिमानमा दर्ता

आफ्नो अनुहारको कालो धब्बा हटाउन ऐना होइन अनुहार पुछौ- रास्वपालाई गाली नगरौ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक