लोक नारायण सुवेदी
वैज्ञानिक साम्यवादी कार्ल माक्र्सका अनन्य मित्र तथा माक्र्सबादका सह–प्रबर्तक फेडरिख एंगेल्सको जन्म जर्मनीको राईन प्रदेशको वर्मेन शहरमा १८२० नोभेम्बर २८ को दिन भएको थियो । उनको देहाबसान भने ५ अगष्टको १८९५ दिन भएको हो । कार्ल माक्र्सपछि विश्वका आधुनिक सर्वहारा वर्गको श्रेष्ठ दार्शनिक एवं चिन्तक हुन् फ्रेडरि–क एंगेल्स । माक्र्स र एंगेल्स दुवैले एउटा अभिन्न उच्च आदर्श अर्थात सबै किसिमका दुःखकष्टबाट मानब समाजको मुक्ति, प्रगति र प्रतिष्ठका निम्तिआफ्नो सम्पूर्ण चेतनशील जीवन समर्पण गरे । उनीहरूको यो अनन्य मित्रता बिश्व प्रसिध्द छ ।
फेडरिक एंगेल्स कार्ल माक्र्सका सहयोगी मित्र र माक्र्सको निधनपछि उनको माक्र्सवादी सिद्धान्तलाई पूर्णता दिने एक समर्पित र सच्चा दार्शनिक हुन् । कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सको नाम सँगसँगै उच्चारण गर्ने गरिएको कारण पनि यही नै हो । दुबै माक्र्सवादका प्रर्वतक पनि मानिन्छन् । सन् १८४८ मा दुवै मिलेर कम्युनिस्ट घोषणापत्र तयार गरे । त्यही कम्युनिष्ट घोषणापत्र नै बिश्व सर्बहारा शिविरको सबैभन्दा ठूलो दार्शनिक हतियार बन्न पुग्यो र आज पर्यन्त बनिरहेको छ ।
एंगेल्सको योगदानको कुरा गर्दा सन् १८४५ मा नै ‘मजदुर वर्गको अवस्था’ र सन् १८४६ मा ‘पवित्र परिवार र जर्मन विचारधारा’ नामक ग्रन्थहरूका रचनाकार भएका थिए एंगेल्स । उनले सन् १८४७ मा ‘कम्युनिस्ट लिगको कार्यक्रमको मस्यौदा’ र सन् १८४८ मा कार्ल माक्र्ससँग मिलेर ‘कम्युनिस्ट घोषणापत्र’ जस्तो युगान्तकारी ग्रन्थहरूको रचना गरेर कम्युनिस्ट दर्शनका आधारशिला स्थापित गरेका थिए ।
सन् १८६४ मा कम्युनिस्ट इन्टरनेशनलको स्थापनामा कार्ल माक्र्सका सहयोगी, तात्कालीन जर्मन पूँजीवादले माक्र्सवादमाथि गरेको हमलाको प्रतिउत्तरमा ‘ड्यूहरिङ्ग मतखण्डन’, लुडविक फायरवाख र वालसक्रिय दर्शनको अन्त्य’, ‘परिवार, नीजि सम्पत्ति र राज्यको उत्पत्ति’ जस्ता विश्वविख्यात पुस्तकका लेखक उनै एंगेल्स थिए । उनको दार्शनिक चिन्तनको क्रान्तिबाटै वास्तबमा माक्र्सवाद स्थापित भयो ।संसार प्रसिद्ध पूँजीको रचना गर्न कार्ल माक्र्सलाई अभूतपूर्ण सहयोग उनैले एंगेल्सले गरेका हुन् । दर्शनशास्त्रलाई अतितका असंख्य धारा प्रणाली श्रृंखलाहरूबाट मुक्त पारेर दर्शनको आधारभूत प्रश्नमा दर्शन पनि वर्गीय हुन्छ भन्ने मान्यतालाई स्थापित गर्न एंगेल्सको अत्यन्तै ठूलो योगदान रहेको छ । सन् १८८९ मा दोश्रो इन्टरनेशनलको स्थापना गरेर माक्र्सवादलाई समृद्ध बनाउने काममा उनै फ्रेडरिक एंगल्सको सम्पूर्ण योगदान रहेको छ ।
वास्तबमा यसरी आधुनिक मजदुर वर्गको मुक्तिको बाटो देखाई दिने एक महान चिन्तक थिए एंगल्स । एंगेल्स कार्ल माक्र्सका एक सच्चा साथी थिए । सन् १८८३ मा माक्र्सको निधन भएपछि पूँजीको तेस्रो खण्ड एंगेल्सले नै प्रकाशित गरेका थिए ।
फ्रेडरिक एंगेल्स—“मजदुरवर्गको राजनीतिक कार्यबारे”
२१ सेप्टेम्बर सन १८७१ को दिन अन्तर्राष्ट्रिय मजदुर संघको लण्डन सम्मेलनमा दिइएको भाषण (१५९)
राजनीतिबाट पूर्णतः अलग्गिएर बस्नु असम्भव हुन्छ । राजनीतिबाट टाढा बस्नुपर्छ भन्ने सबै समाचारपत्रहरु पनि राजनीतिमा भाग लिएकै हुन्छन् । प्रश्न केवल कसरी र कस्तो राजनीतिमा भाग लिने भन्ने मात्रै हो । अझ त्यसमाथि हाम्रो लागि राजनीतिबाट टाढा बस्नु असम्भवै हुनजान्छ । बहुसंख्यक राष्ट्रहरुमा एक राजनीतिक पार्टीको रुपमा मजदुर पार्टीको स्थापना भइसकेको छ ।
राजनीतिबाट टाढा बस भन्ने उपदेश दिएर हामीले पार्टीहरुलाई नष्ट पार्नु हुँदैन । आधुनिक जीवनको वास्तविकताले र अनि विद्यमान सरकारहरुले जसरी मजदुरहरुमाथि राजनीतिक अत्याचार गर्दैछन्, त्यस कुराले पनि मजदुरहरुलाई, आफ्नो इच्छाले होस् अथवा आफ्नो इच्छाको विपरित होस्, आफ्ना राजनीतिक तथा सामाजिक लक्ष्यहरुको लागि राजनीति गर्न बाध्य तुल्याएको छ । उनीहरुलाई राजनीतिबाट अलग्गिने उपदेश दिनु भनेको उनीहरुलाई बुर्जुवा राजनीतिको अंगालोभित्र घचेट्नु हो ।
विशेषतः पेरिस कम्युन पश्चात्, जसले सर्बहारावर्गको राजनीतिक क्रियालाई कार्यसूचीमा नै राखेको छ, राजनीतिबाट टाढा बस्ने कुरा पूर्णतः असम्भव छ ।
हामी वर्गहरुको उन्मूलन गर्न चाहन्छौं । यो पूरा गर्ने साधन के हो ? सर्वहारावर्गको राजनीतिक प्रभुत्व नै यस्तो साधन हो । अब सबैले यो कुरा स्वीकार गरिसकेपछि हामीसँग राजनीतिबाट टाढा बस्ने माग गरिन्छ । राजनीतिबाट टाढा बस्ने उपदेश दिने यी मानिसहरु आफूलाई क्रान्तिकारी भन्दछन्, अझ सर्वश्रेष्ठ क्रान्तिकारी भन्छन् ।
परन्तु क्रान्ति राजनीतिक क्रियाको पराकाष्ठा हो र जस्ले क्रान्ति चहान्छ, उस्ले ती साधनहरु अर्थात राजनीतिक क्रियालाई पनि मान्यता दिनुपर्दछ, जस्ले क्रान्तिको तयारी गर्दछ, यसले मजदुरहरुलाई क्रान्तिको लागि तयार गर्दछ र जसबिना लडाइँको भोलि पल्ट नै फाभ्र तथा पिआजस्ता मानिसहरुले उनीहरुलाई धोका दिन छोड्ने छैनन् ।
तर हाम्रो राजनीति मजदुर राजनीति हुनुपर्दछ; मजदुर पार्टीले यस अथवा त्यस बुर्जुवा पार्टीको पुच्छरमा झुण्डिने होइन, त्यसले त आफुलाई एक त्यस्तो स्वतन्त्र पार्टीको रुपमा निर्माण गर्नुपर्दछ, जस्को आफ्नै लक्ष्य र आफ्नै राजनीति हुन्छ ।
राजनीतिक स्वतन्त्रता, सभा तथा संघसंस्था स्वतन्त्रता, प्रेस स्वतन्त्रता– यिनै हुन् हाम्रो हतियार । यदि हाम्रो यो हतियार खोस्न चहान्छन् भने के हामी हात बाँधेर बस्न सक्छौं,राजनीतिबाट टाढा रहन सक्छौं ?
सबै किसिमको राजनीतिक क्रियाको तात्पर्य विद्यमान बस्तुस्थितिको मान्यता हुनजान्छ भन्दछन् । परन्तु यदि यस बस्तुस्थितिले त्यसैको बिरुद्ध संघर्ष गर्नको लागि हाम्रो हातमा साधन राखिदिन्छ भने यी साधनहरुको प्रयोग गर्नुको तात्पर्य त्यस बस्तुस्थितिको मान्यता हुन सक्दैन । (पेज नम्बर १९५ देखी १९६ सम्म माक्र्स एंगेल्स रचना संग्रहचार खण्डमा खण्ड दुईप्रग ति प्रकाशन मास्को प्रकाशन सन १९८९) सर्बहारा बर्गका यी महान बिश्व ब्यक्तित्व फेडरिख एंगेल्सप्रति शतत नमनकासाथ सादर श्रद्धा सुमन


