शुक्र, माघ ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाल आइपुगेको ज्वालामुखीक खरानीयुक्त बादल चासोको विषय बन्याे

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
ज्वालामुखीबाट निस्केको खरानीयुक्त बादल उडिरहेको बाटो। तस्बिर स्रोत: विनोद पोखरेल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

अफ्रिकाको इथियोपियामा आइतबार बिहान विस्फोट भएको ज्वालामुखीको खरानी र धुवाँ भारत हुँदै नेपालसम्म आइपुगेको छ। ज्वालामुखीबाट निस्केको खरानीयुक्त बादल कति खतरनाक होला भन्ने चासोको विषय बनेको छ।

करिब १२ हजार वर्षपछि पहिलो पटक विस्फोट भएको हायली गुब्बी ज्वालामुखीबाट खरानी, धुवाँ र विभिन्न खनिज पदार्थयुक्त ठूलो बादल बनेको थियो। त्यो बादल यमन, ओमान, पाकिस्तान, भारत हुँदै नेपालसम्म आइपुगेको हो।

नेपालको वायुमण्डलमा प्रवेश गरे पनि समुद्री सतहबाट निकै माथि रहेकाले प्रदूषण बढाएर जनजीवनमा असर पार्ने सम्भावना नभएको मौसम विशेषज्ञ विनोद पोखरेलले बताएका छन्।

उनका अनुसार ज्वालामुखीबाट निस्केको खरानी र धुवाँको बादल समुद्री सतहभन्दा १०-१५ किलोमिटर माथि छ।

‘इथियोपियामा निक्लेको ज्वालामुखीको खरानी र धुवाँ भारत र नेपालसम्म आए पनि यो समुद्री सतहभन्दा १०-१५ किलोमिटर माथि रहने हुँदा वायु प्रदूषण बढ्ने सम्भावना देखिँदैन,’ पोखरेलले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्।

यो धुवाँ र खरानीयुक्त बादलको असर बुधबारसम्म रहने उनले उल्लेख गरेका छन्।

जुन उचाइमा यो बादल उडिरहेको छ, त्यही उचाइ नै जहाजहरू उड्ने मुख्य मार्ग भएकाले हवाई उडानहरू प्रभावित हुन सक्छन्। भारतमा यही बादलका कारण सोमबार र मंगलबार ठूलो संख्यामा उडान प्रभावित भए। धेरै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ढिलो भए वा रद्द गरिए। केही उडानलाई वैकल्पिक मार्ग हुँदै उडाउनुपरेको थियो।

भारतीय मौसम विज्ञान विभागका महानिर्देशक मृत्युंजय महापात्राले अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीलाई भनेका छन्, ‘यसले केही बेर स्याटलाइट र उडान सञ्चालन प्रभावित पार्न सक्छ। तर मौसम, हावाको गुणस्तर वा वातावरणमा खासै असर पार्ने सम्भावना छैन।’

अब प्रश्न उठ्छ — ज्वालामुखीको खरानी किन यति खतरनाक हुन्छ? के यसले विमानको इन्जिन नै बिगारिदिन सक्छ?

विशेषज्ञहरूका अनुसार ज्वालामुखीको खरानी जहाजको इन्जिनका लागि सबभन्दा ठूलो खतरा हो। विस्फोट हुँदा हावामा फैलिने अत्यन्तै साना कण ‘सिलिकेट’ नामक कडा पदार्थबाट बनेका हुन्छन्। जब यी कण जेट इन्जिनभित्र प्रवेश गर्छन्, ती उच्च तापमा पग्लिन्छन् र इन्जिनको चिसो भागमा पुगेर फेरि काँचजस्तै जम्छन्। यस्तो काँचको तहले हावाको प्रवाह रोकिदिँदा इन्जिन बन्द हुने वा पूर्ण रूपमा फेल हुने जोखिम हुन्छ।

इन्जिन एकपटक बन्द भए तापक्रम घटेपछि कहिलेकाहीँ फेरि चल्न सक्छ। तर यस्तो घटना जहाजले उडान भर्दै गर्दा वा अवतरण बेला भयो भने समय नपाएर दुर्घटना हुन सक्ने बिबिसीले लेखेको छ।

खरानी केवल इन्जिनका लागि जोखिमयुक्त हुँदैन। यसका साना कणले जहाजको बाहिरी सतह, झ्याल, विन्ड स्क्रिनदेखि नेभिगेसन प्रणालीसम्म असर पुर्‍याउन सक्छन्। खरानी जहाजका सेन्सरमा अड्किएर गति र उचाइको गलत सूचना दिन सक्छ, जसले उडानलाई जोखिममा पार्न सक्छ।

यदि खरानी केबिनको भेन्टिलेसन प्रणालीमा पस्यो भने यात्रु र चालक दललाई सास फेर्न समस्या हुन सक्छ। यसका लागि अक्सिजन मास्क प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ।

खरानीको बादल पहिचान गर्न पनि सजिलो हुँदैन। धेरै उचाइमा यो सामान्य बादलजस्तै देखिन सक्छ। तर यसमा रहेका कणले जहाज वरपर हल्का चमक देखा पर्छ। यस्तो देखिनासाथ पाइलटले जहाजलाई तुरून्तै त्यो क्षेत्रबाट बाहिर निकाल्ने प्रयास गर्छ। इन्जिनको ताप कम गर्न गति घटाइन्छ ताकि इन्जिन फेल हुने जोखिम कम होस्।

इतिहासमा यसरी जहाज खरानीको बादलमा फसेका धेरै घटना छन्।

सन् २०१० मा आइसल्यान्डको ज्वालामुखी फुटेपछि दुई सातासम्म युरोपको हवाई सेवा रोकिएको थियो।

सन् १९८२ मा मलेसियाको क्वालालम्पुरबाट अस्ट्रेलियाको पर्थ जाँदै गरेको ब्रिटिस एयरवेजको जहाज इन्डोनेसियाको खरानीयुक्त बादलमा परेपछि चारवटै इन्जिन बन्द भएका थिए। त्यो जहाज ११ हजार ३०० मिटरबाट ३ हजार ६५० मिटरसम्म खस्यो र अन्ततः इन्जिन फेरि चलेपछि सुरक्षित अवतरण गरियो।

सन् १९८९ मा केएलएमको बोइङ-७४७ पनि अलास्कामा यस्तै घटनाबाट जोगिएको थियो।

अन्तर्राष्ट्रिय हवाई यातायात संघका अनुसार यस्ता घटना भए पनि अहिलेसम्म खरानीयुक्त बादलकै कारण प्रत्यक्ष मानवीय क्षति वा विमान दुर्घटना भएको रेकर्ड छैन।

यो बादलको असर कति समय रहन्छ भन्ने विषयमा विशेषज्ञहरू निश्चित छैनन्।

यो पनि पढ्नुहोस्

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

११ घण्टा अगाडि
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्याे

चुनाबी माहोलले ओझेलमा कांग्रेसको मुद्दा

१३ घण्टा अगाडि

स्काइमेट वेदरका अध्यक्ष जिपी शर्माले बिबिसीलाई भनेका छन्, ‘यो विस्फोट अप्रत्यासित भएकाले खरानीको प्रदूषण कति छ भन्ने मापन सम्भव छैन।’

हजारौं वर्षदेखि सुषुप्त रहेको यो ज्वालामुखी आइतबार बिहान एक्कासि सक्रिय भएको थियो। बिबिसीका जलवायु विशेषज्ञ नवीनसिंह खड्काले खरानीयुक्त यो बादल हिमालमा ठोक्किएपछि यसमा रहेका धुलो, खरानी र विभिन्न खनिज पदार्थ हिमाली भेगमा जम्मा हुन सक्ने औंल्याएका छन्।

यसले हिमाली क्षेत्रको हिमताल पग्लने क्रममा तीव्रता ल्याउन सक्ने भए पनि यो सम्भावना एकदमै कम भएको उनको भनाइ छ।

‘यही ज्वालामुखी दोस्रो पटक पनि विस्फोट भयो भने त्यसबाट आउने खरानी र धुवाँको बादलले फेरि कुन बाटो समात्छ भन्ने हामीले हेर्नुपर्छ,’ उनले बिबिसीसँगको कुराकानीमा भनेका छन्।

बिबिसीका अनुसार इथियोपियाको उत्तर–पूर्वी भागमा रहेको यो ज्वालामुखीबाट उठेको धुवाँ १४ किलोमिटर उचाइसम्म पुगेको छ। यसको गति १००–१२० किमी प्रतिघन्टा छ।

यसमा मुख्य रूपले खरानी, सल्फर डाइ–अक्साइड तथा साना सिसा र ढुंगाका कण मिसिएका छन्। यसले आकाश सामान्यभन्दा गाढा र धुम्म देखिन सक्छ। सुरक्षाका लागि उडान ढिलो हुन सक्ने र मार्ग परिवर्तन गर्नुपर्ने अवस्था पनि आउन सक्छ।

भारतमा यो बादल गुजरातको पश्चिमी भाग हुँदै राजस्थान, महाराष्ट्रको उत्तर–पश्चिम, दिल्ली, हरियाणा र पंजाबतिर फैलिएको थियो।

 

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

कमल थापा नेतृत्वको राप्रपा नेपालले विचार मिल्ने पार्टीहरुसँग एकता गर्ने निर्णय

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चुनावी प्रचारका लागि नेता बालेन शाह इलाम पुगे

धान आयातमा साढे २० अर्ब खर्च

चुनाबी माहोलले ओझेलमा कांग्रेसको मुद्दा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक