बुध, पुस ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जेनेस सलुशनको सहयोगमा जेन जी युवालाई सीप सिकाउँदै

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
जेनेस सलुशनको सहयोगमा जेन जी युवालाई सीप सिकाउँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले जेन जी पुस्ताका युवाहरूलाई रोजगारमूलक सूचना प्रविधि सम्बन्धी सीप सिकाइ रहेको छ।

बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि परामर्श तथा साइबर सुरक्षा विशेषज्ञ कम्पनी जेनेस सलुशनसँगको सहकार्यमा नगरपालिकाले  सञ्चालन गरेको १० दिने डिजिटल साक्षरता प्रशिक्षण सम्पन्न भएको छ।

१० दिने तालिममा डिजिटल मार्केटिङ, साइबर सेक्युरिटी, क्लाउड र आइटीका पछिल्लो ट्रेन्ड बारे प्रशिक्षण दिनुका साथै प्रयोगात्मक अभ्यास पनि गराइएको थियो।

कागेश्वरी मनोहरा नगरपालिकाका मेयर  उपेन्द्र कार्कीले यो नगरपालिकालाई देशकै आइटी हब बनाउने उद्देश्य लिएर जेनेस सलुशनसंगको सहकार्यमा  इनोभेसन सेन्टर सुरु गरेको बताए।    उनले नगरपालिका जेन जी पुस्ताको लागि अवसर सिर्जना गर्न लागि परेको पनि बताउँदै आइटी   तालिम लिएका युवाहरूले राम्रो रोजगार पाएको  र केही ‘सेल्फ इम्प्लोइड’ भएर काम गरिरहेको पनि बताए।  उनले सबै सहभागीहरूलाई बधाई दिँदै सहकार्यका  लागि जेनेस सलुशन टिमलाई धन्यवाद पनि दिए।

मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले १० दिनको तालीमले सहभागीहरूलाई नयाँ सीप सिक्ने र आफ्नो आगामी करियर के हुने भन्ने निधो गर्न सहयोग पुग्ने बताए। अहिले पनि विदेशमा बनेका सफ्टवेयरहरू नेपालमा प्रयोग भई रहेको भन्दै अब मुलुक लाई चाहिने  सफ्टवेयर नेपालमै उत्पादन गर्न सक्ने जनशक्ति तयार गर्नु पर्ने बताए।  नगरपालिकाको शिक्षा शाखा प्रमुख पुष्प राज ढकालले स्वागत गर्दै अहिलेको युग सूचना प्रविधिको युग हो भन्दै आइटीको सीप भएका युवाहरूले धेरै अवसर पाउन सक्ने बताए।

युवाहरूलाई सूचना प्रविधि सम्बन्धी सीप सिकाइ रोजगार प्राप्त गर्न सघाउने उद्देश्यले आयोजित तालीममा ४० जना युवाहरू सहभागी भएका थिए।
जेनेस सलुशनका कैलाश बडू, सम्पन्न श्रेष्ठ,  विश्रान्त कटवाल,  वरिष्ठ अधिकृत आस्था जोशी, सुजु श्रेष्ठ, वरदान खड्का क्षेत्री,  निर्मल बस्ताकोटी, कृतिका कपाली, सन्तोष ताम्राकारले प्रशिक्षण सञ्चालन गरेका थिए।

यसै गरी नेपाल प्रहरीको साइबर ब्युरोका  वरिष्ठ सब इन्स्पेक्टर जीत बहादुर बुढाले साइबर सेक्युरिटी र साइबर कानुनका बारेमा प्रस्तुति दिएका थिए।  त्यस्तै सेल पे का निमेश  अधिकारी, जब स्नाइपर प्रा लिका सह संस्थापक इ उज्ज्वल कोइरालाले पनि प्रशिक्षण दिएका थिए भने दीपक राज सिलवालले सहजीकरण गरेका थिए।

तालिमका सहभागी विशाल खड्का र मनीषा कोइरालाले तालिम निकै उपयोगी भएको बताउँदै यो अवसर दिएकोमा नगरपालिका तथा जेनेस सलुशनलाई धन्यवाद दिए।  सबै सहभागीहरूलाई प्रमाण पत्र पनि  प्रदान गरिएको थियो ।

यसै वर्ष अगस्ट महिनामा जेनेस सलुशन र कागेश्वरी मनोहरा नगरपालिकाबिच डिजिटल साक्षरता र कार्यस्थल तत्परता अभिवृद्धि गर्ने उद्देश्यले एक समझदारी पत्रमा हस्ताक्षर भएको थियो। हालसम्म करिब ७० जना स्थानीय युवाहरू विभिन्न तालिमका लागि केन्द्रमा दर्ता भइसकेका छन्।

जेनेस सलुशनका अफिसहरू नेपाल, बङ्गलादेश, नाइजेरिया, फिनल्यान्डसहित १० भन्दा बढी देशहरूमा रहेका छन्। कम्पनीले विश्वभरका सरकारी, शैक्षिक तथा निजी क्षेत्रका संस्थाहरूसँग मिलेर क्लाउड कम्प्युटिङ, डेटा एनालिटिक्स, कृत्रिम बुद्धिमत्ता (एआई) र साइबर सुरक्षाको क्षेत्रमा सेवा पुर्‍याउँदै आएको छ।

यो पनि पढ्नुहोस्

युवा उद्यमको विकास नगरी समृद्धि असम्भव

युवा उद्यमको विकास नगरी समृद्धि असम्भव

१० घण्टा अगाडि

सर्वोच्चमा प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै रिट पेस

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि

नेपाल मगर संघले माघे सकराती पर्व मनाउने

सर्वोच्चमा प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै रिट पेस

प्रचण्ड र नेपालले ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग लिए शपथ

निर्वाचन तालिका सार्वजनिक गरेर मनोनयन आह्वान

कांग्रेसभित्रको किचलो मिलाउन विशेष महाधिवेशन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक