सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा ‘अध्यक्ष परिषद्’ गठन

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा ‘अध्यक्ष परिषद्’ गठन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीले ‘अध्यक्ष परिषद्’ गठन गर्ने भएको छ । ‘अध्यक्ष परिषद्’मा दलित, महिला, आदिवासी जनजाति, मधेशी, पिछडिएको क्षेत्र लगायत सबै क्लष्टरबाट प्रतिनिधित्व हुने गरी अध्यक्ष परिषद गठन गर्ने तयारी गरिएको  हो । यही अध्यक्ष परिषदले पार्टीमा कार्यकारी भूमिका खेल्ने नेताहरुले बताएका छन् ।

‘समावेशी सिद्धान्त अनुसार सबै क्लष्टरबाट प्रतिनिधित्व हुने गरी ६/७ जनाको अध्यक्ष परिषद् रहन्छ,’ रास्वपा त्यागेर प्रगतिशील अभियानमा लागेका सन्तोष परियारले भने, ‘अध्यक्ष परिषद्‍मा रहने तीन जनाको नाम टुंगो लागिसकेको छ, यसको औपचारिक घोषणा आजको एकता घोषणा सभामा गरिने छ ।’

आज डा. बाबुराम भट्टराईले स्थापना गरेको र हाल दुर्गा सोबले नेतृत्व गरेको जसपा (नयाँशक्ति), जनार्दन शर्माको पहलमा स्थापना गरिएको र हाल सुदन किराँतीले नेतृत्व गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी र रास्वपा परित्याग गरेका विघटित प्रतिनिधि सभा सदस्य सन्तोष परियार नेतृत्वको टोली लगायतसँग एकता घोषणा सभा आयोजना हुँदैछ । एकता घोषणा सभा राष्ट्रिय सभागृहमा दिउँसो साढे १२ बजे हुनेछ ।

सन्तोष परियारले गर्नेछन् एकता घोषणा सभाको अध्यक्षता

राष्ट्रिय सभागृहको एकता घोषणासभाको अध्यक्षता सन्तोष परियारले गर्ने छन् । दुर्गा सोबले कार्यक्रम सञ्चालन गर्ने छिन् भने सुदन किराँतीले स्वागत मन्तव्य राख्ने छन् ।

बाबुराम भट्टराई र जनार्दन शर्मा पनि कार्यक्रममा सहभागी हुनेछन् । तर उनीहरुले शुभकामना मन्तव्य राख्ने गरी कार्यक्रमको खाका तयार पारिएको छ ।

सो सभाबाट पार्टीको नीति, नेतृत्व, कार्यक्रम लगायतबारे जानकारी दिइने नेताहरुले बताएका छन् ।

१५१ सदस्यीय केन्द्रीय समिति

एकतापछि नयाँ पार्टीको नाम प्रगतिशील लोकतान्त्रिक पार्टी नै राख्न सहमति नेताहरु सहमत भएका छन् । केन्द्रीय समिति १५१ भन्दा बढी सदस्यीय नबनाउने पनि सहमति भएको एक नेताले बताए ।

स्रोतका अनुसार डा. बाबुराम भट्टराई पार्टीको कार्यकारी भूमिकामा रहने छैनन् । उनी संरक्षकको रुपमा रहने छन् । जनार्दन शर्मा पनि पार्टीको कार्यकारी भूमिकामा नरहने सहमति भएको छ ।

तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी लगायतका दलहरुसँग एकता गरेर नेपाली कम्युनिष्ट पार्टी गठन गरेपछि शर्मा त्यसबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी गठनको पहल गरेका थिए ।

प्रगतिशील लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ । यसको चुनाव चिह्न तीन पात भएको बिरुवा छ । नेताहरुका अनुसार यही चिह्नबाट चुनावमा प्रतिस्पर्धा गरिने छ ।

आजको एकता घोषणा सभा अघि शर्माले तत्कालीन माओवादी नेता–कार्यकर्ताहरुको भेला आयोजना गरेका थिए । त्रिपुरेश्वरमा आयोजित भेलामा माओवादीका पूर्व केन्द्रीय सदस्यहरु सहभागी थिए ।

सो भेलामा शर्माले सुरुमा प्रगतिशील अभियान सञ्चालन गर्ने भनिए पनि चुनावको मिति घोषणा भइसकेकाले पार्टी नै गठन गर्नुपरेको जानकारी गराए । साथै प्रगतिशील लोकतान्त्रिक पार्टी र त्यसको चुनाव चिह्नको प्रचार गर्दै निर्वाचन तयारीमा जुट्न निर्देशन पनि दिएका थिए ।

भेलामा करिब डेढ सय जना उपस्थिति रहेको एक सहभागीले जनाए।

यो पनि पढ्नुहोस्

शहिद रमेश महतोको शालिकमा बालेनले फूलमाला अर्पण गर्दै अभियान थाले

शहिद रमेश महतोको शालिकमा बालेनले फूलमाला अर्पण गर्दै अभियान थाले

१० मिनेट अगाडि
जनकपुरबाट रास्वपाकाे चुनावीसभा

जनकपुरबाट रास्वपाकाे चुनावीसभा

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सेयर बजारमा सबै सूचक बढ्याे

खोला मापदण्डविरुद्ध  प्रदर्शन

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

चुनावका विषयमा निर्णय नगरेको प्रष्ट

मनोनयन स्थगित हुनुपर्ने देउवा समूहकाे माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक