बिहि, फाल्गुन २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कांग्रेस निर्धारित आमनिर्वाचनमा सहभागी हुने

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
कांग्रेस  निर्धारित आमनिर्वाचनमा सहभागी हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जेनजी आन्दोलनको अढाइ महिनापछि नेपाली कांग्रेसले भदौ २३ र २४ गतेका घटनाहरूमा दुख व्यक्त गर्दै फागुन २१ गतेका लागि निर्धारित आमनिर्वाचनमा सहभागी हुने निर्णय गरेको छ।

आफ्नै पार्टीका नेता गृहमन्त्री भएको आफूसमेत सहभागी सरकारका बेला भएको भदौ २३ को अत्याधिक बल प्रयोगप्रति कांग्रेसले अहिले आएर दुख व्यक्त गरेको हो। नेपाली कांग्रेससहितको गठबन्धन सरकारको नेतृत्वमा जेनजी प्रदर्शनकारीहरूमाथि अत्याधिक दमन हुँदा १९ जना युवाको ज्यान गुमेको थियो।

नेपाली कांग्रेसको लामो केन्द्रीय समिति बैठकले शनिबार पाँचबुँदे निर्णय गर्दै चुनावमा जाने औपचारिक निर्णय पनि गरेको छ। केपी ओली नेतृत्वको एमाले संसद पुनर्स्थापनाको देशव्यापी आन्दोलनमा उत्रेकै दिन नेपाली कांग्रेसले चुनावमा जाने निर्णय गरेर एमालेसँग औपचारिक रूपमै कित्ताकाट गरेको छ।

भदौ २३ गतेसम्म एमालेसँग टाँस्सिएरै बसेका कांग्रेस सभापति शेरबहादुर देउवा र उनी नेतृत्वको कांग्रेसले त्यो दिनको अत्याधिक बल प्रयोगपछि सरकार छाड्न कांग्रेस नेताहरूले नै दिएको सुझाव लत्याएका थिए। देउवाले एमालेसँग सत्ता गठबन्धनको बेला गरिएको सातबुँदे सहमतिको बहानामा त्यो बेला सरकारबाट बाहिरिन अस्वीकार गरेका थिए। देउवाले त्यो बहानाबाजी नगरेका भए सायद भदौ २४ गते त्यो तहको तोडफोड र आगजनीको परिस्थितिको निर्माण हुँदैन थियो भन्ने आकलन कतिपय राजनीतिक समीक्षकहरूको छ।

यद्यपि निर्वाचनमा जाने औपचारिक निर्णयसँग देउवाले बदलिएको स्पष्ट सन्देश दिएका छन् र एमालेसँग औपचारिक रूपमा कित्ताकाटको घोषणा गरेका छन्। कांग्रेसले यससँगै निर्वाचनका लागि वातावरण तयार गर्न सरकारसँग माग पनि गरेको छ।

ओलीले भने निर्वाचन आयोगमा फागुन २१ को निर्वाचनका लागि पार्टी दर्ता गराए पनि औपचारिक रूपमा संसद् पुनर्स्थापनाको देशव्यापी आन्दोलन सुरु गरेका छन्।

कांग्रेसले जेनजी प्रदर्शन मार्फत् परिवर्तनका लागि मुखरित आवाजको संवोधन गर्न बहुपक्षीय राष्ट्रिय संवाद अत्यावश्यक छ भन्ने ठहर गर्दै सुशासन र पारदर्शिता लगायतका विषयमा सबै पक्षसँग संवाद गरी सहमति कायम गर्दै, संविधानको मर्म र मूल्य मान्यता बमोजिम रूपान्तरण सहित देशलाई शान्ति, समुन्नति र स्थिरताको दिशातर्फ अघि बढाउन साझा समझदारी आवश्यक रहेको निष्कर्ष पनि निकालेको छ।

 

यस्तो छ कांग्रेस बैठकका निर्णयहरू: 

(१) समसामयिक राजनीतिक परिस्थिति सम्बन्धमा

(१.१) गत भदौ २३ गते जेन–जेड पुस्ताका युवाहरूको आव्हानमा भ्रष्टाचार विरुद्ध तथा सुशासनका पक्षमा भएको प्रदर्शनका क्रममा अत्यन्तै अकल्पनीय र दुःखद घटना घट्न पुग्यो । उक्त दिन १९ जना युवाले ज्यान गुमाउनु परेको घटनाप्रति नेपाली कांग्रेसको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ । प्रदर्शनका क्रममा सहादत प्राप्त गर्ने सम्पूर्णमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै मृतक परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न, घाइतेहरूको निःशुल्क उपचार गर्न माग गर्दछ । साथै सबै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

(१.२) भदौ २४ गते भएको आक्रमण, तोडफोड, लुटपाट र आगजनीका कारण अकल्पनीय जनधनको क्षति भयो । प्रदर्शनकारी तथा राष्ट्रसेवक सुरक्षाकर्मी सहित सोही दिनमै ५७ जनाको ज्यान गयो र सयौँ नागरिक घाइते भए । सो दिनको हिंसात्मक र आपराधिक गतिविधिका कारण देशमा राज्यविहीन अराजकताको स्थिति सिर्जना भयो ।

राष्ट्रपति भवन, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, विभिन्न मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विभिन्न अदालत, मालपोत कार्यालय, प्रदेश तथा स्थानीय तहका कार्यालय, प्रहरी कार्यालय, ऐतिहासिक तथा प्रशासनिक संरचनाहरू, विराटनगरको कोइराला निवास, काठमाडौं चाक्सीवारी स्थित गणेशमान सिंह निवास, ललितपुर बाँडेगाँउ स्थित सन्त नेता कृष्णप्रसाद भट्टराईको आश्रम, नेपाली कांग्रेस केन्द्रीय कार्यालय, ४८ जिल्लाका विभिन्न तहका पार्टी कार्यालयहरू, नेपाली कांग्रेसका सभापति तथा उहाँकी धर्मपत्नी, पार्टी केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि भएको सांघातिक आक्रमण, उहाँको निवासमा भएको तोडफोड, लुटपाट र आगजनी, साथै केन्द्रीय पदाधिकारी, सदस्य, प्रदेश, जिल्ला, क्षेत्र तथा स्थानीय तहका गरी १२५ भन्दा बढी नेताका निजी निवासहरू तथा अन्य विभिन्न राजनीतिक दलका कार्यालय, नेताहरूका निजी घर–डेरा, औद्योगिक तथा व्यवसायिक प्रतिष्ठान एवं निजी सम्पत्तिमा भएका आक्रमण, तोडफोड, लुटपाट र आगजनीका सबै घटना अराजनीतिक, आपराधिक र पूर्ण रूपमा विध्वंसकारी थिए । नेपाली कांग्रेस यस घटनाको कडा शब्दमा निन्दा र भत्सर्ना गर्दछ ।

(१.३) भदौ २४ मा भएको आक्रमण, लुटपाट र आगजनी सहितका विध्वंशकारी घटनाको सत्य–तथ्य र निष्पक्ष छानबिन गरी कानून बमोजिम कार्वाही गर्न तथा पीडितहरूलाई उचित क्षतिपूर्ति सहित न्याय उपलब्ध गराउन नेपाली कांग्रेस पुनः सरकारसँग माग गर्दछ । साथै, घटनाक्रममा लुटिएका सुरक्षाकर्मीका हातहतियार, वर्दी तथा सुरक्षा सामग्रीहरू तत्काल फिर्ता गराउनु, विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरूलाई पुनः नियन्त्रणमा ल्याउन तथा तोडफोड र आगजनीबाट ध्वस्त गरिएका प्रहरी कार्यालय सहित सबै सरकारी संरचनाहरूको शीघ्रातीशीघ्र पुनर्निर्माण गरी समाजमा शान्ति–सुरक्षाको प्रत्याभूति प्रदान गर्न सरकारलाई जोडदार माग गर्दछ ।

(१.४) भदौ २४ को घटनाक्रममा आक्रमण, तोडफोड, लुटपाट र आगजनीका कारण आर्थिक तथा व्यवसायिक क्षति व्यहोर्नु परेका व्यापारिक तथा व्यवसायिक प्रतिष्ठानहरू एवं अन्य साना व्यवसायीहरूलाई उचित क्षतिपूर्तिको व्यवस्था गरी उनीहरूलाई पुनः व्यवसाय सञ्चालन गर्न सक्ने सुरक्षित वातावरण निर्माण गर्न र स्वदेशी तथा विदेशी लगानीकर्ताको मनोबल उठाउन सरकारलाई नेपाली कांग्रेस माग गर्दछ ।

(१.५) जेन–जेड पुस्ताले प्रदर्शन मार्फत् उठाएका “भ्रष्टाचारको अन्त्य, सुशासन, पारदर्शिता र सूचनाको हक सुनिश्चितता” जस्ता प्रमुख विषयहरू स्वाभाविक, वैध र आम नागरिकको आवाज हुन् । नेपाली कांग्रेस प्रदर्शन मार्फत उठाइएका सुशासनका मागलाई सदैव सकारात्मक ढङ्गले लिने गरेको स्मरण गराउँदै सो माग पूरा गराउने प्रतिवद्धता व्यक्त गर्दछ ।

(१.६) असोज २८ गते पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री श्री शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गर्नु भएको सारगर्भित लिखित मन्तव्यलाई यस बैठकले स्वागत र अनुमोदन गर्दै उहाँ र उहाँको धर्मपत्नी पार्टी केन्द्रीय डा. आरजु राणा देउवाको पूर्ण स्वास्थ्यलाभको कामना गर्दछ ।

(१.७) नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०८२ भाद्र २७ र असोज ३ गते बसेको बैठकको निर्णयहरूलाई अनुमोदन गर्दछ ।

(१.८) संवत् २०८२ साल माघ ११ (एधार) गते आइतबारको दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र संवत् २०८२ साल फागुन २१ (एक्काइस) गते बिहीबारको दिन हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि ‘नेपाली कांग्रेस’ लाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गर्दछ । सो प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने लगायतका कानून बमोजिमका सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिवलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गर्दछ ।

(२) अन्तरिम सरकार गठन, प्रतिनिधिसभा विघटन र निर्वाचन सम्बन्धमा 
(२.१) २०८२ फागुन २१ गते हुने गरी प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वर्तमान राजनीतिको उचित निकास निर्वाचन नै हो भन्ने ठहर गर्दै नेपाली कांग्रेस निर्वाचनमा भाग लिने निर्णय गर्दछ । निर्वाचन मार्फत् नै संविधानको रक्षा तथा जेन–जेड प्रदर्शनका क्रममा परिवर्तनका लागि उठाइएका आवाजलाई संस्थागत रूप दिँदै देशलाई अघि बढाउन सकिन्छ भन्ने हाम्रो दृढ विश्वास रहेको छ ।

यो पनि पढ्नुहोस्

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्याे

प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक

४ घण्टा अगाडि
रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी

रविकाे निर्वाचन खर्च विवरण सार्वजनिक

१ दिन अगाडि

(२.२) निर्वाचनका लागि भयरहित वातावरण अपरिहार्य छ । तर हाल हजारौँ कैदीबन्दी फरार रहनु, ठूलो परिमाणमा हातहतियार हराइरहनु, राजनीतिक दलहरूले निर्वाध रूपमा आफ्ना कार्यक्रम सञ्चालन गर्न नपाउनु र निर्वाचनका लागि आवश्यक न्यूनतम अवस्था पनि स्थापित हुन नसकनु— यी सबै परिस्थितिहरू अत्यन्त गम्भीर छन् । तत्काल शान्ति–सुरक्षामा सुधार ल्याउन, सुरक्षाकर्मीको मनोबल उच्च बनाउन तथा आम नागरिकमा भयमुक्त वातावरण सुनिश्चित गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।

(२.३) भदौ २४ गते मुलुकमा अकल्पनीय विध्वंस र अराजकताको अवस्था सिर्जना भएको जटिल परिस्थितिमा तत्कालीन संकटबाट देशलाई बाहिर निकाल्ने र संविधानको संरक्षण गर्ने प्रश्न अत्यन्त संवेदनशील बनेको थियो । सरकारविहीन अवस्थाका बीच प्रदर्शनरत जेन–जेड युवाहरूको माग सम्बोधन र शान्ति–सुरक्षा कायम गर्न सम्माननीय राष्ट्रपतिले संसद बाहिरबाट अन्तरिम प्रधानमन्त्री नियुक्त गर्नु पर्ने अवस्था आयो । यद्यपि, संवैधानिक व्यवस्था अनुसार संसद भित्रैबाट निकास खोज्न सकिन्थ्यो भन्ने कुरामा नेपाली कांग्रेसको स्पष्ट धारणा थियो ।

नेपाली कांग्रेस कार्यसम्पादन समितिको असोज ३ गतेको बैठकमा पनि भनिएको थियो— “संसद विघटनको उपक्रम संविधानको परिकल्पना तथा सम्मानित अदालतको व्याख्या विपरीत छ । संसद विघटन असंवैधानिक छ । यस कदमले लोकतान्त्रिक उपलब्धि जोखिममा पारेको छ । संविधानभित्रै समाधान सम्भव छ भन्ने कांग्रेसको दृढ विश्वास छ ।” अहिले अन्तरिम सरकार गठन तथा प्रतिनिधिसभा विघटन र निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा यो विषय राजनीतिक मात्र नभई संवैधानिक पनि भएको र सम्मानित सर्वोच्च अदालतमा यो विषय विचाराधीन रहेकोले सर्वोच्च अदालतबाट अन्तिम व्याख्या हुनेछ भन्ने नेपाली कांग्रेस विश्वास गर्दछ ।

(२.४) विद्यमान शान्ति–सुरक्षाको अवस्था र पछिल्ला दिनमा बढिरहेका उत्तेजक तथा अराजक गतिविधि प्रति नेपाली कांग्रेस गम्भीर चिन्ता व्यक्त गर्दछ । यस्तो संवेदनशील अवस्थामा कुनै पनि राजनीतिक दल, समूह वा पक्षबाट कुनै पनि नाममा हिंसा भड्काउने, सद्भाव खल्बलाउने, उत्तेजना वा घृणा फैलाउने कार्य कदापि वाञ्छनीय हुन सक्दैन । त्यस्तै, लोकतान्त्रिक व्यवस्था र विधिको शासनमा लहड वा आवेगमा कसैलाई निषेध गर्नु, शान्तिपूर्ण प्रदर्शन तथा विचार अभिव्यक्तिमा बन्देज लगाउने प्रयास गर्नु स्वाभाविक वा स्वीकार्य मान्न सकिँदैन । यस्तो कार्य संविधानको आधारभूत मूल्य मान्यता विपरीत छ । यसले समाजमा थप ध्रुवीकरण र हिंसा निम्त्याउने सम्भावना बढाउँछ । अतः अहिले उत्तेजना होइन, संयम; निषेध होइन, संवाद; अविश्वास होइन, विश्वास र समझदारी आवश्यक भएकोले कुनै पनि हिंसा वा उत्तेजनाको बाटो नअपनाउन, निषेधको राजनीति नगर्न तथा संयमता अपनाएर संवाद मार्फत समाधान खोज्न सम्बद्ध सबै पक्षलाई नेपाली कांग्रेस आव्हान गर्दछ ।

(२.५) नेपाली कांग्रेस तथा विभिन्न राजनीतिक दलहरूको आव्हानमा जनताले धैर्य, संघर्ष र त्यागका माध्यमबाट स्थापित गरेको संघीय, समावेशी, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संरक्षण तथा संस्थागत विकास हाम्रो साझा जिम्मेवारी हो । यसका लागि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सबै राजनीतिक दलले उत्साहपूर्वक सहभागिता जनाउन आवश्यक छ । साथै, निर्वाचनलाई निष्पक्ष, विश्वसनीय र भयरहित बनाउनका लागि निर्वाचन आयोग, सरकार एवं सम्वद्ध पक्षलाई आवश्यक वातावरण निर्माण गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ ।

(३) बहुपक्षीय राष्ट्रिय संवाद 
जेन–जेड प्रदर्शन मार्फत् परिवर्तनका लागि मुखरित आवाजको संवोधन गर्न बहुपक्षीय राष्ट्रिय संवाद अत्यावश्यक छ भन्ने नेपाली कांग्रेसको ठहर छ । सुशासन र पारदर्शिता लगायतका विषयमा सबै पक्षसँग संवाद गरी सहमति कायम गर्दै, संविधानको मर्म र मूल्य मान्यता बमोजिम रूपान्तरण सहित देशलाई शान्ति, समुन्नति र स्थिरताको दिशातर्फ अघि बढाउन साझा समझदारी आवश्यक छ । अतः नेपाली कांग्रेस विघटित प्रतिनिधि सभाका दलहरू, प्रदर्शन पश्चात् उदाएका दलहरू, जेन–जेड पुस्ता, नागरिक समाज, वुद्धिजीवी, व्यापारीक व्यवसायी, सञ्चारकर्मी तथा सरोकारवालासँग बहुपक्षीय संवाद र साझा राष्ट्रिय समझदारी निर्माण गर्न आव्हान गर्दछ र यसका लागि नेपाली कांग्रेस आवश्यक पहल गर्ने निर्णय गर्दछ ।

(४) जेन–जेड प्रदर्शन तथा त्यसपछिको विकसित राजनीतिक घटनाक्रमको अध्ययन तथा दस्तावेजीकरण 
जेन–जेड प्रदर्शन तथा पछिल्ला घटनाक्रमको सूक्ष्म विश्लेषण गरी पार्टीभित्र र बाहिरका विभिन्न पक्षसँग संवाद तथा छलफल गर्न पार्टीका तर्फबाट यस सम्बन्धी अध्ययन, अनुसन्धान गरी दस्तावेजीकरण गर्ने निर्णय नेपाली कांग्रेसले गर्दछ ।

(५) हाल मुलुक गम्भीर राजनीतिक संकटमा छ । यस संकटको सामना हामी सबै नेपालीले संयमता र धैर्यताका साथ एकतावद्ध भई गर्नु परेको छ । विगतमा आएका कैयौँ राष्ट्रिय संकटहरूलाई हामीले आफ्नै शक्ति, क्षमता र दूरदर्शिताले समाधान गर्दै आएको अनुभवका आधारमा, यस विषम परिस्थितिमा राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, जनताका मौलिक हक–अधिकारको सुरक्षा तथा संविधानको संरक्षण र कार्यान्वयन सुनिश्चित गर्न सबैले सहकार्य गर्न आवश्यक छ । यस राष्ट्रिय दायित्वलाई आत्मसात् गर्दै नेपाली कांग्रेस सबै राजनीतिक दल, नागरिक समाज, वुद्धिजीवी तथा सञ्चारकर्मीहरूलाई आपसी संवाद, संयमता र समझदारीको मार्ग अवलम्बन गर्न हार्दिक अपील गर्दछ ।
कार्यसमितिको बैठक २०८२ मंसिर ११ गते बिहीबार दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा पुनः बस्नेछ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विशिष्टको सेवा सुविधाले सरकारी कोष खाली

वरिष्ठ पत्रकार सुरेश किरणको निधन

चीनको हाई–स्पिड ट्रेन ‘सीआर४५०’ ले परीक्षण

धेरै दाँत भेटिएपछि विश्व कीर्तिमानमा दर्ता

आफ्नो अनुहारको कालो धब्बा हटाउन ऐना होइन अनुहार पुछौ- रास्वपालाई गाली नगरौ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक