शुक्र, कार्तिक २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

शेख हसिनाको विषयमा कठोर कदम चाल्याे

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
0
अपदस्थ प्रधानमन्त्री हसिनालाई पक्राउ गर्न भारतसँग आग्रह 
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । बङ्गलादेशमा मोहम्मद युनुसको अन्तरिम सरकारले शेख हसिनाको विषयमा ुकठोरु कदम चालेको छ । युनुसको अन्तरिम सरकारले प्रेस सेन्सरशिप लागू गर्ने दिशामा कदम चालेको छ ।

विशेष न्यायाधिकरणले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएपछि, युनुस सरकारले छापा, इलेक्ट्रोनिक र अनलाइन मिडिया आउटलेटहरूलाई अपदस्थ प्रधानमन्त्री शेख हसिनासँग सम्बन्धित कुनै पनि बयान प्रकाशित वा प्रसारण नगर्न निर्देशन दिएको हो ।

अन्तरिम सरकारले त्यस्ता बयानहरूले राष्ट्रिय सुरक्षा र सार्वजनिक व्यवस्थामा पार्ने खतरालाई उद्धृत गरेको छ ।बङ्गलादेशको पत्रिका द डेली स्टारका अनुसार हसिनाको कथित बयानमा हिंसा, अव्यवस्था, आपराधिक गतिविधिलाई उक्साउन र सामाजिक सद्भाव बिगार्न सक्ने निर्देशन वा अपिलहरू हुन सक्ने राष्ट्रिय साइबर सुरक्षा एजेन्सी ९एनसीएसए०ले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

‘हामी मिडियालाई राष्ट्रिय सुरक्षाको हितमा जिम्मेवारीपूर्वक कार्य गर्न आग्रह गर्दछौँ ।’ निर्देशनमा भनिएको छ । केही मिडिया आउटलेटहरूले दोषी ठहराइएको र भगौडा घोषित भइसकेकी शेख हसिनासँग सम्बन्धित बयानहरू प्रसारण वा प्रकाशन गरिरहेको निर्देशमा भनिएको छ । त्यस्तो व्यक्तिको बयान प्रकाशित गर्नु साइबर सुरक्षा अध्यादेशको उल्लङ्घन भएको जनाइएको छ ।

राष्ट्रिय अखण्डता, सुरक्षा, वा सार्वजनिक व्यवस्थालाई खतरामा पार्ने, जातीय वा धार्मिक घृणा जगाउने, वा प्रत्यक्ष रूपमा हिंसा भड्काउने सामग्री हटाउन वा प्रतिबन्ध लगाउन अधिकारीहरूलाई अधिकार दिइएको पनि एजेन्सीले भनेको छ । नक्कली पहिचान प्रयोग गरेर वा अवैध रूपमा कुनै सिष्टमसम्म पुगेर घृणा फैलाउने भाषण, जातीय उत्तेजना वा हिंसाका लागि घृणा फैलाउनु दण्डनीय अपराध भएको एजेन्सीले भनेको छ । यसका दोषीलाई दुई वर्षसम्मको जेल सजाय र अधिकतम १० लाख टाका ९वा दुई मध्ये कुनै एक० जरिवाना हुन सक्ने भनिएको छ ।

प्रेस र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने तर मिडिया आउटलेटहरूलाई कुनै पनि हिंसात्मक, भड्काऊ, वा आपराधिक रूपमा उक्साउने बयानहरू प्रकाशित गर्नबाट टाढा रहन र आफ्नो कानुनी जिम्मेवारेबारे सचेत रहन एजेन्सीले अपिल गरेको छ ।

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

२ दिन अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

चिसापानी गढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु

एनपीएलमा सन्दीपकाे ह्याट्रिक

तिर्थमान महर्जनको जितः जक म्यूजिक भिडियो सार्वजनिक

भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक