काठमाडौं । जेनजी आन्दोलनका नाममा भएका तोडफोड, लुटपाट, आगजनी र हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले अहिलेसम्म ४ सय २९ जनालाई पक्राउ गरेको जनाएको छ ।
यो संख्या देशभर पक्राउ परेकाहरुको हो । उनीहरुमाथि १ सय ६८ वटा मुद्दा दर्ता भएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी अविनारायण काफ्लेले जानकारी गराए ।
जसमध्ये ७० वटा मुद्दा कर्तव्य ज्यान, चोरी, हाहतियार तथा खरखजना, लागऔषधका रहेका छन् भने ९८ वटा आपराधिक उपद्रवसँग सम्बन्धित मुद्दा रहेका छन् ।
प्रहरीका अनुसार काठमाडौंबाट २ सय १ जना पक्राउ परेका छन् भने अन्य उपत्यका बाहिर पक्राउ परेका हुन् । पक्राउ परेका केही धरौटीमा छुटेका छन् भने केही पुर्पक्षका लागि जेल चलान भएका छन् ।


