शुक्र, मंसिर २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उपत्यकाभित्रका हिरासत कक्षको अवस्थाबारे अनुगमन

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
Reading Time: 1 min read
0
मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनपश्चात उपत्यकाभित्रका हिरासत कक्षको अवस्थाबारे अनुगमन गरेको छ ।

यही कात्तिक २७ र २८ गते उपत्यकाका विभिन्न कारागारमा अनुगमन गरेको हो ।

आयोगको टोलीले काठमाडौंको सोह्रखुट्टे, स्वयभू, कोटेश्वर, सिंहदरबार, महाराजगञ्ज र कालीमाटीस्थित प्रहरी वृत्तहरू, ललितपुरको जिल्ला प्रहरी परिसर तथा सातदोबाटो वृत्त र भक्तपुरको जिल्ला प्रहरी परिसर, जगाति, मध्येपुर र ठिमीस्थित प्रहरी वृत्तका हिरासतमा रहेका थुनुवाहरूको मानव अधिकार अवस्था र हिरासतको भौतिक संरचनाको अवस्था लगायतका विषयमा स्थलगत अनुगमन गरेको हो ।

आयोगका प्रदेश तथा प्रदेश शाखा कार्यालयहरूबाट समेत उपत्यका बाहिरका जिल्लामा रहेका हिरासत कक्षहरूको अनुगमन सुरु गरेको प्रवक्ता डा. टिकाराम पोखरेलले जानकारी दिए ।

‘जेनजी आन्दोलनपश्चात प्रहरी हिरासतमा मानव अधिकारको अवस्थाको बारेमा आयोगमा गुनासा, उजुरी र ज्ञापनपत्रहरू प्राप्त भएका छन्,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनपश्चात पक्राउ गरिएका जेनजी प्रदर्शनकारीहरूलाई स्वास्थ्य परीक्षण गरिएको पाइएता पनि हिरासतमा रहेको शौचालय तथा सरसफाईको अभावका कारण दुर्गन्ध आएको र केहीले आफूलाई पक्राउ गर्दा पक्राउ पुर्जी नदिएको आयोगको टोली समक्ष गुनासो गरेका छन् ।’

केही हिरासतमा महिला कक्षको अभाव रहेको र भौतिक संरचनाहरूको अभाव रहेको लगायतका जानकारीहरू अनुगमनबाट प्राप्त भएको आयोगले जनाएको छ ।

‘जेनजी प्रदर्शनको क्रममा प्रहरीको अधिकांश भौतिक संरचनाहरूको क्षति भएको र हाल स्थानीय समुदायको सहयोगमा कतिपय संरचना निर्माण भई सञ्चालनमा आएको, हिरासतबाट बाहिर निस्केका केही थुनुवाहरू अझै पनि फिर्ता नआएका, प्रहरीहरू समेत घाइते भएका र उनीहरूको मनोबल कमजोर बनेको, कतिपय प्रहरी कार्यालयहरूमा रहेका फाइलहरू जलेर नष्ट भएको र हतियारहरू लुटिएको लगायतका जानकारी अनुगमनका क्रममा प्राप्त भएको छ,’ आयोगले भनेको छ ।

जेनजी प्रदर्शनको क्रममा हिरासतबाट भागेका थुनुवाहरू र लुटिएका हतियारहरू फिर्ता नहुँदा शान्ति सुरक्षामा चुनौति थपिएको पनि आयोगले पाएको छ ।

‘जेनजी प्रदर्शनको क्रममा क्षति पुगेका भौतिक संरचना निर्माण गर्न र हिरासतमा रहेका थुनुवाहरूको लागि अत्यावश्यक सामग्रीहरूका लागि समेत बजेट अभाव रहेको जानकारी प्राप्त भएको छ,’ आयोगले भनेको छ, ‘हिरासतहरूमा विद्यमान यी समग्र समस्याहरूको समाधानमा गम्भीर हुन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।’

यो पनि पढ्नुहोस्

मानव तस्करीसँग लत्पतिएको राजनीतिक नेतृत्व !

संसद पुनर्स्थापना नै समस्याको समाधान हो त ?

२ घण्टा अगाडि

साफ महिला क्लब च्याम्पियनसिप फुटबलमा एपीएफ एफसी र ट्रान्सपोर्टबीच बराबरी खेल्याे

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

बीमाबारे बुझाइको कमीबारे स्पष्ट हुन जरुरी

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रभु बैंक लि. का रेमिटेन्स डिपार्टमेण्ट प्रमुख पक्राउ

भ्रष्टाचारीहरुले उन्मुक्ति नपाऊन् !

भिजिट भिसा प्रकरणमा निवर्तमान गृहमन्त्री लेखकमाथि छानबिन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक