काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ । मंगलबार लामिछानेलाई भेट्न मिश्र नख्खु कारागार पुगेका थिए ।
मिश्रले भने,’धेरै अघि नै मैले भनिसकेको थिएँ, रविको केसलाई तत्कालीन सरकारले जसरी ह्याण्डल गर्यो, त्यो पूर्णतः प्रतिशोधबाट प्रेरित थियो। वर्तमान सरकारले प्रतिशोध साँध्ने छैन भन्नेमा म पूर्णरूपले विश्वस्त छु।’


