शुक्र, मंसिर २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मङ्सिर भित्रै महाधिवेशन माग

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
मङ्सिर भित्रै महाधिवेशन माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ललितपुर । नेपाली काँग्रेस केन्द्रीय सदस्य दीपक गिरीले पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा महाभारतको एउटा प्रसङ्ग स्मरण गर्दै देशको गम्भीर अवस्थालाई चित्रण गरेका छन् ।

‘महाभारत युद्धको १४ औँ दिन भगवान् कृष्णले आफ्नो दैवी शक्ति प्रयोग गरेर झमक्क साँझ पारि दिनुभयो र अर्जुन असफल भए भन्दै खुसी मनाउन निस्किएका जयद्रथलाई उज्यालो गराएर सजिलै वध गर्न सहयोग गर्नुभयो । यसबाट हामीले बुझ्नुपर्छ कि भदौ २४ को विध्वंस काँग्रेस, एमालेलाई सत्तामा फर्काउन होइन, तिनको विकल्प खोज्न गराइएको थियो।  त्यसैले समयमै हामीले यो  बुझेर कदम चाल्नुपर्छ ।’

उनले पार्टीलाई ‘बिजनेस एज युजुएल’ को शैली छोडेर आमूल सुधार गर्दै नयाँ नेतृत्व, नीति र कार्यक्रम सहित जनताको बिचमा जान ढिलो गर्न नहुनेमा जोड पनि दिए ।

सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा गिरीले जेनजी आन्दोलनका मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै  घटनाको छानबिनको माग पनि गरे । उनले ‘गत भाद्र २४ गते आन्दोलनको आवरणमा काँग्रेसका कार्यालय, नेताका घर र धरोहरहरूमा छानी–छानी गरिएको तोडफोड र आगजनीको घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग पनि गरे।

उनले देशको अस्तित्वमाथि नै खतरा रहेको भन्दै मुलुक अत्यन्तै संवेदनशील अवस्थामा रहेको पनि उल्लेख गरे । गिरीले भने ‘माझीहरूले सल्लाह गर्दागर्दै सात गाउँ डुबे’ भन्ने नेपाली उखान स्मरण गराउन चाहन्छु । त्यसैले अहिले पार्टी अनिर्णयको बन्दी हुनु हुँदैन ।’

बेलायतका पूर्व प्रधानमन्त्री  टोनी ब्लेयर र न्युयोर्कका नवनिर्वाचित मेयर  जोहरान ममदानीको उदाहरण दिँदै काँग्रेस पनि समय सुहाउँदो नयाँ नेतृत्वका साथ अगाडि बढ्नुपर्ने बताए  ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै यसलाई सच्याउन र जेन–जी आन्दोलनका माग सम्बोधन गर्न काँग्रेस संसद् पुनः स्थापनाको पक्षमा जाने कि नजाने एउटा औपचारिक धारणा बनाउन पनि  आग्रह पनि गरे ।

काँग्रेस बैठकमा पेचिलो बन्दै गएको १५ औँ महाधिवेशनको कार्य तालिकाको सन्दर्भमा धारणा राख्दै गिरीले देशभरिका महाधिवेशन  प्रतिनिधिहरूको भावनाको सम्मान गर्दै मङ्सिर महिनाभित्रै नियमित महाधिवेशन गर्ने कार्यपालिका सार्वजनिक गर्न र भ्रातृ संस्थाहरूको अधिवेशन गराउन पनि माग  गरे ।

यसैगरी, गत निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको भन्दै कारबाही गरिएका सबै काँग्रेसजीलाई वर्तमान राजनैतिक परिस्थितिमा  आम माफी दिन पनि उनले आग्रह  गरे ।

पूर्व मन्त्री समेत रहेका निवर्तमान सांसद  गिरीले भ्रष्टाचारको अन्त्य, पारदर्शिता, र नेतृत्वमा जबाफदेहिताको संस्कृति विकास गर्न संरचनागत सुधार अपरिहार्य रहेको औँल्याए ।

उनले नयाँ नेपाल बनाउन नयाँ काँग्रेस बनाउनै पर्ने बताउँदै पार्टी सुधारको प्रयास गाउँ तथा नगर तहबाटै सुरु गर्नुपर्नेमा जोड दिए ।

उनले काँग्रेसले  पार्टीभित्र आमूल सुधार गरेर, आन्तरिक लोकतन्त्र सुनिश्चित गरेर भ्रष्टाचारमुक्त र सुशासनयुक्त नेपाल निर्माण गर्ने युवाहरूको चाहना पुरा गर्न सक्ने नीति र कार्यक्रम ल्याएर जनताको बिचमा जान अब ढिला गर्न नहुने पनि दोहोर्‍याए ।

यो पनि पढ्नुहोस्

यी जिल्लाहरूमा एमालेकाे अधिवेशन बाँकी

एमालेको सचिवालय बैठक आज बस्दै

४ घण्टा अगाडि
एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

बीमाबारे बुझाइको कमीबारे स्पष्ट हुन जरुरी

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रभु बैंक लि. का रेमिटेन्स डिपार्टमेण्ट प्रमुख पक्राउ

भ्रष्टाचारीहरुले उन्मुक्ति नपाऊन् !

भिजिट भिसा प्रकरणमा निवर्तमान गृहमन्त्री लेखकमाथि छानबिन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक