शनि, कार्तिक ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाली विद्यार्थीले विदेशमा पढ्न अब धितोको झन्झट झेल्न नपर्ने

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
Reading Time: 1 min read
0
नेपाली विद्यार्थीले विदेशमा पढ्न अब धितोको झन्झट झेल्न नपर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली विद्यार्थीले विदेशमा पढ्न अब धितोको झन्झट झेल्न नपर्ने भएको छ।

नेपालमै पहिलोपटक एमपावर फाइनान्सिङ नामक अमेरिकी संस्थाले स्नातकोत्तर अर्थात् पोस्टग्राजुएट तहका विद्यार्थीका लागि बिना धितो र बिना जमानी अधिकतम अमेरिकी डलर १ लाख (झन्डै १ करोड ३० लाख रुपैयाँ) सम्मको शिक्षा ऋण सुविधा ल्याएको छ।

कुनै पनि सम्पत्ति धितो राख्नुपर्ने वा कोसाइनर (ग्यारेन्टर) खोज्नुपर्ने झन्झटबिनै अन्तर्राष्ट्रिय शिक्षा ऋण पाउन सक्ने भएका छन्।

पछिल्ला वर्षहरूमा अमेरिकामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या बढ्दो क्रममा छ। हाल ३२ हजारभन्दा बढी नेपाली विद्यार्थी अमेरिकी विश्वविद्यालयहरूमा अध्ययनरत छन्। यो संख्या एकै वर्ष ४२ प्रतिशतले वृद्धि भएपछिको हो। यति हुँदाहुँदै अझै पनि धेरै परिवारका लागि विदेशमा पढाइको खर्च जुटाउनु सबैभन्दा चुनौतीपूर्ण छ।

नेपालका परम्परागत बैंक तथा वित्तीय संस्थाले प्रायः जग्गा–जमिन धितो राख्नुपर्ने वा अमेरिकामा जमानी खोज्नुपर्ने सर्त राख्ने गर्छन्, जसले धेरै योग्य विद्यार्थीलाई ऋण लिन कठिन बनाउँछ। यही समस्यालाई समाधान गर्न वाशिङ्टन डी.सी.स्थित एमपावर फाइनान्सिङ अघि सरेको हो।

यस संस्थाको मूल्याङ्कन प्रणाली परम्परागतभन्दा फरक छ। यसले विद्यार्थीको पैतृक र पारिवारिक सम्पत्तिमाथि होइन, उनको विश्वविद्यालय प्रवेश, अध्ययन क्षेत्र र भविष्यको आम्दानी क्षमतालाई ध्यानमा राखेर शैक्षिक ऋण प्रदान गर्छ। यही कारणले गर्दा एमपावर फाइनान्सिङले बंगलादेश, पाकिस्तान र अफ्रिकाका २० हजारभन्दा बढी विद्यार्थीलाई शैक्षिक ऋण उपलब्ध गराइसकेको छ। अब यो सुविधा नेपाली विद्यार्थीका लागि पनि खुला भएको संस्थाले प्रेस विज्ञप्तिमार्फत् जनाएको छ।

संस्थाका अनुसार विद्यार्थीहरूले दुई हजार एक अमेरिकी डलरदेखि एक लाख डलरसम्मको ऋणका लागि आवेदन दिन सक्छन्। जसमा ट्युसन शुल्क मात्र होइन, बसोबास तथा अन्य खर्चहरू पनि समेटिन्छ। आवेदन प्रक्रिया पूर्ण रूपमा डिजिटल रहेको साथै स्थिर ब्याजदर र पारदर्शी भुक्तानी योजना रहेकाले विद्यार्थी र अभिभावकलाई खर्च व्यवस्थापनमा स्पष्टता र सहजता प्रदान गर्ने संस्थाको विश्वास छ।

MPOWER ले केवल ऋण मात्र होइन, छात्रवृत्ति, भिसा सहयोग, र करिअर तयारीका लागि सफलताको बाटो एबतजद्दक्गअअभकक कार्यक्रमसमेत सञ्चालन गर्छ। यसमार्फत विद्यार्थीले भिसा आवेदनका लागि ‘प्रुफ अफ फन्ड्स’ देखि रोजगार खोज्ने मार्गदर्शनसम्म आवश्यक सहयोग पाउँछन्।

यो पहल विशेषगरी विज्ञान प्रविधि, ईञ्जिनियरिङ र गणित विषयका साथै, व्यवसाय, र व्यावसायिक अध्ययन गर्ने विद्यार्थीका लागि उपयोगी छ, जहाँ पढाइपछिका रोजगार अवसरहरू विश्वमै उत्कृष्ट मानिन्छन्।

अन्तर्राष्ट्रिय अध्ययनको सपना पूरा गर्न इच्छुक नेपाली विद्यार्थीका लागि एमपावर फाइनान्सिङले अब अवसर, पहुँच र आत्मविश्वास तीनै कुरा एकैसाथ उपलब्ध गराउँदै विदेशी स्नातकोत्तर अध्ययनलाई सहज र सम्भव बनाएको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यो पनि पढ्नुहोस्

भोलिदेखि नेकपाको राष्ट्रिय  जागरण अभियान सुरु

भोलिदेखि नेकपाको राष्ट्रिय  जागरण अभियान सुरु

१३ घण्टा अगाडि
रास्वपाका सभापति रवि लामिछाने भारत प्रस्थान

रास्वपाका सभापति रवि लामिछाने भारत प्रस्थान

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

चीनमा ७ म्याग्निच्युडको भूकम्प जाँदा १६ जनाको मृत्यु

रास्वपाका सभापति रवि लामिछाने भारत प्रस्थान

आन्दोलन सरकारले वार्तामार्फत रोक्नुपर्नेमा जाेड

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक