काठमाडौं । एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले आफ्नो पक्षमा जिल्ला तहसम्म पुग्दा बहुमत पार्टी सदस्यहरु आफ्नो पक्षमा रहेको दाबी गरेका छन्।
पार्टीले बुधबार माओवादी केन्द्रसहित ९ वटा कम्युनिष्ट घटकहरुसँग पार्टी एकता घोषणा लागे पछि त्यसलाई अस्वीकार भुसालले एकीकृत समाजवादीलाई नै निरन्तरता दिने घोषणा गरेका हुन्।
भुसालले केन्द्रीय पदाधिकारीमा आफूहरु कम भए पनि पालिटब्युरो, केन्द्रिय कमिटि हुँदै जिल्ला तहसम्म पुग्दा पार्टीका बहुमत सदस्यहरु आफूहरुसँग भएको जिकिर गरे। पार्टीका सम्मानित नेता झलनाथ खनाल पनि उनीसँगै छन्।
भुसालले आयोजना गरेको पत्रकार सम्मेलनमा भने, ‘पदाधिकारीमा हामी कम छौँ। पोलिटब्युरोमा पुग्दा बढ्छौँ। केन्द्रीय कमिटिमा अझै थपिन्छौँ। जिल्लामा हामी बहुमतमा पुग्छौँ।’
उनले पार्टीमा रहेकाहरुलाई यथाअवस्थामै बस्न आह्वानसमेत गरे। भुसालले एमाले अध्यक्ष ओलीको प्रभावमा नपर्न समेत आग्रह गरे। ‘सबै तहका कमिटीहरुले यथावत रहनुहोला। आउँदो मंसिर पहिलो हप्ता राष्ट्रिय सम्मेलन गर्छौ। ओली जीले देखाएको आशबाट प्रभावित नहुनुहोस्, भुसालले भने।


