काठमाडाैं । डोटीमा शिक्षक मृत फेला परेपछि प्रहरीले आत्महत्या दुरुत्साहनको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
मृतक पूर्वीचौकी गाउँपालिका–१ तल्लो फुलौटका २७ वर्षीया जानकी खड्का हुन्। उनी बाजुराको बुढीगंगा नगरपालिका–५ स्थित भानुदय नमूना माध्यमिक विद्यालयमा गणित विषयकी स्थायी शिक्षकका रुपमा कार्यरत थिइन् । घटनासँग सम्बन्धित भन्दै प्रहरीले शिक्षा तथा समन्वय इकाई डोटीमा कार्यरत विद्यालय निरीक्षक (विनी) पदमा कार्यरत २८ वर्षीय गणेश रावललाई पक्राउ गरेको जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा प्रहरीले खड्का र रावलबीच सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान भई प्रेम सम्बन्ध रहेको बुझिएको जनाएको छ। प्रहरीका अनुसार रावलको मानसिक दबाब र भावनात्मक अत्याचारका कारण जानकीले आत्महत्या गर्न बाध्य भएकी हुन सक्ने देखिएको छ।


