काठमाडौं । भारत सरकारले नेपालका विभिन्न जिल्लाका विद्यालहरूमा ८१ वटा स्कुल बसहरू उपहार स्वरुप प्रदान गरेको छ ।
कोशी प्रदेशका बाढी प्रभावित र सातै प्रदेशका विकट जिल्लाहरूमा भारतले स्कुल बस उपलब्ध गराएको हो ।
नेपाल र भारतबीचको विकास साझेदारी र मित्रतालाई ध्यानमा राख्दै स्कुल बसहरू उपलब्ध गराइएको भारतीय राजदूतावासले जनाएको छ ।
इलाम, झापा र उदयपुर, हुम्ला, मुस्ताङ, संखुवासभा, दार्चुला, बैतडी र अछाम लगायतका जिल्लामा ती बसहरू उपलब्ध गराइएको हो ।
विगत तीन दशकमा भारतले नेपालका संस्थाहरूलाई ३८१ वटा स्कुल बसहरू प्रदान गरेको छ ।


