बिहि, कार्तिक ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एथेन्समा हजारौँ विद्यार्थी र शिक्षकले प्रदर्शन

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
0
एथेन्समा हजारौँ विद्यार्थी र शिक्षकले प्रदर्शन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि गर्न माग गर्दै ग्रीसको राजधानी एथेन्समा बुधबार हजारौँ विद्यार्थी र शिक्षकले प्रदर्शन गरेका छन्।

युरोपभर बढ्दो महँगीविरुद्ध विरोध प्रदर्शन भइरहेका बेला ग्रीसका अन्य सहरमा पनि विद्यार्थी र शिक्षकले जुलुस निकालेका छन् । उत्तरी सहर थेसालोनिकी र पश्चिमी बन्दरगाह सहर पात्रासमा समेत प्रदर्शन भएको छ ।

इन्धनको मूल्यवृद्धि, महँगो आवास, विद्यालयहरूको कमजोर अवस्था र शिक्षामा पर्याप्त सरकारी लगानी नहुँदा विद्यार्थी तथा शिक्षकहरू आन्दोलित भएका हुन् । फ्रान्स, इटाली र अल्बानियालगायतका देशमा पनि यस्तै प्रदर्शन भएका छन्, जहाँ केही स्थानमा हिंसा भड्किएको छ।

एथेन्समा प्रदर्शनकारीहरूले ‘ग्रीसदेखि फ्रान्ससम्म, शिक्षामा लगानी बढाऊ’ भन्ने नारासहितका ब्यानर बोकेका थिए । केहीले ‘पढ्ने कि बाँच्ने ?’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

२० वर्षीय इन्जिनियरिङ विद्यार्थी पानागियोटिस मोस्कोनासले जीवनयापनको बढ्दो लागतबाट प्रभावित विद्यार्थीलाई सरकारले पर्याप्त सहयोग नगरेको भन्दै आलोचना गरे। सरकारले घोषणा गरेको मासिक १२० युरोको भाडा अनुदान आधा भाडा तिर्नसमेत पर्याप्त नहुने र उक्त रकम वर्षको अन्त्यमा मात्र उपलब्ध हुने उले जनाए ।

प्रदर्शनका क्रममा दङ्गा नियन्त्रण प्रहरी परिचालन गरिएको थियो। प्रहरीले प्रदर्शनस्थलतर्फ जाने व्यक्तिहरूको जाँच तथा झोला खानतलासी गरेको थियो । ग्रीसमा विगतका प्रदर्शन हिंसात्मक बन्ने गरेका कारण जुलुस मार्गमा पर्ने पसल तथा क्याफेहरूले आफ्ना झ्यालको सुरक्षाका लागि स्टिलका सटर बन्द गरेका थिए।

यसैबिच शिक्षकहरूले बुधबार हडताल गरेका छन्। हडतालका कारण केही विद्यालय प्रभावित भए पनि केही विद्यालय भने सञ्चालनमा रहेका थिए।

शिक्षक इओनिस रोम्पसले परिवारको दैनिक खर्च धान्न कठिन हुँदै गएको र विद्यालयको अवस्था वर्षैपिच्छे बिग्रँदै गएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे। उच्च मूल्यवृद्धि र आर्थिक दबाबका कारण शिक्षकहरू हडतालमा उत्रिन बाध्य भएको उनले जनाए।

प्रदर्शनकारीहरूले विद्यार्थीका लागि किफायती आवासको व्यवस्था, शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि तथा बढ्दो महँगीबाट राहत दिन प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन्।

यो पनि पढ्नुहोस्

कायरोमा बस र ट्रक आपसमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु

कायरोमा बस र ट्रक आपसमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु

२३ घण्टा अगाडि
गृहमन्त्री लरेन नुनेजले दिएको राजीनामा अस्वीकार

गृहमन्त्री लरेन नुनेजले दिएको राजीनामा अस्वीकार

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न विजयादशमीले प्रेरणा दिने विश्वास व्यक्त

बेनी–जोमसोम–कोरला सडकमा करिब १ अर्ब रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति

देशमा विद्यमान आसुरी प्रवृत्ति हटाउन सबै एकजुट हुनुपर्नेमा जाेड

ब्रह्मायणी जात्रामा दर्शनार्थीको भीड

राष्ट्रपतिले विजया दशमीमा शुभसाइतमा टीका जमरा ग्रहण गर्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक