सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गम्भीर वायु प्रदूषणले जमिनमा वर्षा घट्दा समुद्रमा वर्षा अझै तीव्र

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
गम्भीर वायु प्रदूषणले जमिनमा वर्षा घट्दा  समुद्रमा वर्षा अझै तीव्र
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । दक्षिणपूर्वी एसियामा गरिएको नयाँ अध्ययनले गम्भीर वायु प्रदूषणले जमिन क्षेत्रमा वर्षा घटाइरहेको र समुद्रमा भने वर्षा अझ तीव्र बनाइरहेको पत्ता लागेको छ ।

वैज्ञानिकहरूको भनाइमा, गाडी, कारखाना र विद्युत् उत्पादन केन्द्रबाट निस्कने स-साना कणहरू (एरोसोल) ले सूर्यको प्रकाश रोक्छन् र वायुमण्डललाई चिसो बनाउँछन् । यस्तो प्रभाव जमिनमा बढी हुने भएकाले तातो–चिसो सन्तुलन बिग्रन्छ र वर्षाको ढाँचा पनि परिवर्तन हुन्छ ।

दक्षिण कोरियाको पु्सान नेशनल युनिभर्सिटीका क्यङ-ह्वान सियोले नेतृत्व गरेको अध्ययनमा भनिएको छ, ‘एरोसोलहरूले जमिन क्षेत्रमा दिनको तापक्रम बढ्न रोक्छन् तर समुद्रमा त्यसको खास असर पर्दैन ।’

मौसममा यसको प्रभाव बुझ्नका लागि वैज्ञानिकहरूले थाइल्यान्डदेखि फिलिपिन्ससम्मको दक्षिणपूर्वी एसियाली क्षेत्र र वरिपरिका समुद्रमा एरोसोलको प्रभावको मोडेलिङ अध्ययन गरेका थिए ।

उनीहरूले प्रदूषण बढ्दा समुद्रमाथिको वर्षा करिब ५० प्रतिशतसम्म तीव्र हुने र त्यसको कारण समुद्रमाथिको तातो हावा माथि उठ्दा भूमिबाट आद्रता तानेर समुद्रमा भारी वर्षा गराउने निष्कर्ष निकाले । ‘तर जमिनमा भने वर्षा घट्छ र दिउँसो हुने सामान्य वर्षा ढिलो भएर प्राय: राति पर्छ,’ सियो भन्छन्, ‘हामीले दिउँसोको अन्त्यतिर पर्ने सामान्य वर्षा सरेर मध्यराततिर केन्द्रित भएको देखिरहेका छौं ।’

एनपीजी क्लाइमेट एण्ड एट्मोस्फेरिक साइन्समा जर्नलमा प्रकाशित यो अध्ययनको निष्कर्षअनुसार, यसले मौसमविद्हरूलाई प्रदूषणले कहिले र कहाँ वर्षा घटाउने हो भन्ने बुझ्न सहयोग पुर्‍याउने विश्वास छ । सागै यसले बाढीको पूर्वानुमान र मीठोपानीको स्रोत व्यवस्थापनमा पनि सुधार ल्याउन मद्दत गर्न सक्छ ।

नेपालका लागि पनि सान्दर्भिक

यो अध्ययन दक्षिणपूर्वी एसियाका देशहरूमा सीमित देखिए पनि यसको प्रभाव र सन्देश नेपाल र भारतका लागि पनि उत्तिकै सान्दर्भिक रहेको जानकारहरु जनाउँछन् ।

भारतको उत्तरी भाग र नेपालको तराई–मध्यपहाडी क्षेत्र विश्वका सबैभन्दा प्रदूषित क्षेत्रहरू मध्येमा पर्दछन् । यहाँ सवारी साधनबाट निस्किने धुवाँ, इँटाभट्टा, उद्योग कलकारखाना, डढेलो र कृषि अवशेष जलाउने कार्यले हावामा एरोसोलको मात्रा उच्च राखेको छ । यस्ता सूक्ष्म कणहरूले वर्षा बन्ने प्रक्रियामा बाधा पुर्‍याउँछन्, जसले भूमिमा वर्षा घटाउँछ वा ढिलो गराउँछ ।

नेपालमा पछिल्ला वर्षहरूमा पानी पर्ने प्रवृत्तिमा परिवर्तन आएको मौसमविदहरु बताउँछन् । दिउँसोको सट्टा रातिमा बढी पानी पर्नु छोटो अवधिमा अत्यधिक वर्षा हुनु, वर्षा पनि कतै अत्यधिक हुनु र कतै नहुनु अनि लामो समयसम्म सुख्खा हुनु नेपालमा पछिल्ला वर्षयता देखिएका परिवर्तन हुन् । हिउँदे झरी पनि हराउँदै गएको छ । ताता वर्षहरु बढ्दै गएका छन् ।

हरायो हिउँदे झरी, बढे ताता वर्ष

 

वैज्ञानिकहरूका अनुसार यस्तो प्रवृत्तिमा वायुमण्डलीय तापक्रम परिवर्तनसँगै प्रदूषणले पनि भूमिका खेलिरहेको छ ।

‘पछिल्लो अध्ययनले नीति निर्माताहरूलाई वायु प्रदूषण केवल स्वास्थ्य समस्या होइन, यो जलवायु र जलस्रोत व्यवस्थापनसँग पनि प्रत्यक्ष सम्बन्धित छ भनेर स्पष्ट सन्देश दिएको छ,’ मौसम र वायु प्रदूषणका अध्येता डा. उत्तमबाबु श्रेष्ठ भन्छन्, ‘नेपालले प्रदूषण घटाउने उपायलाई अब केवल स्वास्थ्यको नजरबाट मात्र होइन, मौसमी सन्तुलन र पानीको स्रोत सुरक्षाको आधारका रूपमा लिनु आवश्यक छ ।’

यो पनि पढ्नुहोस्

लाहोर बन्याे विश्वको दोस्रो सबैभन्दा प्रदूषित सहर

लाहोर बन्याे विश्वको दोस्रो सबैभन्दा प्रदूषित सहर

२ महिना अगाडि
जाडाे छल्न विदेशी पाहुँना चरा नेपालमा आइपुग्याे

जाडाे छल्न विदेशी पाहुँना चरा नेपालमा आइपुग्याे

३ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु

हिउँदयाममा खुम्बू क्षेत्र सुनसान

वीर अस्पतालमा शय्या विस्तार

पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेती ८२ बर्षकाे उमेरमा निधन

४८ जना एसपीको सरुवा

रविविरुद्ध लगाइएका संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक